भानु/भानु नेपाली मौलिक संस्कृति र परम्परागत बाजाको संरक्षण गर्ने उद्देश्यका साथ भानु–११ पुतलीबजारमा पञ्चेबाजा सहित गायन तथा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।
कृपेश्वर आमा समूहको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
लोपोन्मुख अवस्थामा पुग्न लागेको परम्परागत पञ्चेबाजा (नौमती बाजा) को संरक्षण एवं सम्बद्र्धन गर्ने र विशेष गरी महिला सशक्तिकरण एवं प्रोत्साहन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको समूहकी सचिव एकता थापाले बताइन् । कार्यक्रमलाई पिएसआई युएसएले आर्थिक सहयोग गरेको छ भने पिएसआई युएसएका नेपाल संयोजक सूर्यनाथ अधिकारीले यसको समन्वय गर्ने भएका छन् ।

आयोजक समूहकी सचिव थापाका अनुसार यही जेठ ३१ गते आइतबार स्थानीय कृपेश्वर महादेव मन्दिरमा प्रतियोगिता अयोजना हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार १२ हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार ८ हजार र प्रमाणपत्र तथा तृतीय पुरस्कार ४ हजार र प्रमाणपत्र रहने छ ।
प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगीहरू महिला मात्र हुनुपर्नेे छ । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण प्रतियोगी समूहलाई सहभागिता पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजक कृपेश्वर आमा समूहले स्थानीय कला, संस्कृति र महिला सशक्तीकरणलाई टेवा पु¥याउने उद्देश्यले आयोजिक प्रतियोगितामा उत्साहजनक रूपमा सहभागी भइदिनका लागि सम्पूर्णमा अनुरोध समेत गरेको
छ ।
भानुमा नगरपालिका र पिएसआई युएसएको सहयोगमा पञ्चेबाजा बजाउन तालिम लिएका आमा समूह छन् । ति समूहले विवाह, ब्रतबन्ध लगाएत समारोहमा बाजा बजाएर अर्थापाजर्न समेत गरेका छन् । पिएसआईका नेपाल संयोजक अधिकारीले आफुहरुले प्रदान गरको विभिन्न तालिमले भानुका महिला आर्थिक आत्मनिर्भरता तर्फ उन्मुख भएको बताए । संस्थाले तनहुँका भानु लागएत व्यास, ऋषिङका विभिन्न विद्यालय र समुदायलाई सहयोग गर्दै आएको छ ।
