दमौली/सिद्धेश्वरी माध्यमिक विद्यालय कमलबारीमा नेपाल जुनियर रेडक्रस सर्कल, बालक्लब र छात्रा सञ्जाल गठन भएका छन् ।
शुक्रबार आयोजिक विद्यार्थी भेलाले एञ्जिला थापाको सभापतित्वमा नेपाल जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी मावि गठन गरेको हो । सर्कलको उपसभापति अनुश थापा, सचिव गुराँस थापा, उपसचिव संस्कृति परियार, कोषाध्यक्ष अनन्त थापा र उपकोषाध्यक्ष सुदिप सुर्खाली रहेका छन् ।

यसैगरी सर्कलका सदस्यहरुमा सुमिना विक, जेनिश नेपाली, सदिक्षा परियार, रिना नेपाली, आयुषा नेपाली, कृषा घिमिरे र विनिशा रुचाल रहेका छ । सर्कलको शिक्षक नायक विजय गुरुङ, सहयोगी शिक्षक नायक रमेश विकल तथा संरक्षकमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी रहेको विद्यालयले जनाएको छ ।
शुक्रबार नै गठित बालक्लबको अध्यक्षमा एञ्जल थापा चयन भएकी छन् । क्लबको उपाध्यक्षमा युनिक घोरासैनी, सचिव अनिषा परियार, उपसचिव प्रशान्त पन्थ, कोषाध्यक्ष अञ्जली विक चयन भएका छन् । बालक्लब संयोजक शिक्षक सूर्यराज कैनीका अनुसार क्लबका सदस्यहरुमा दिप्सन पन्थ, विशाल परियार, सोफिना थापा, सुस्मिता गुइँदेल, उत्सव कैनी, सिर्जन विक, सरगम थापा र प्रतिक रानापाटा रहेका
छन् ।
छात्राहरुलाई आफ्ना समस्या सुनाउन र समाधान खोज्न सजिलो होस् भनेर विद्यालयले छात्रा सञ्जाल पनि गठन गरेको छ । छात्रा सञ्जालकी सहसंयोजक शिक्षक सुस्मिता बानियाका अुनसार सञ्जालको अध्यक्षमा सोनाम थापा मगर निर्वाचित भएकी छन् ।
यसैगरी उपाध्यक्षमा सुव्रिना आले, सचिव सोनु सुर्खाली, कोषाध्यक्ष श्रृष्टि गुरुङ चयन भएका छन् । सञ्जालका सदस्यहरुमा रोशनी थापा, विनिता सुर्खाली, रञ्जिता सुर्खाली, अनन्या थापा, अन्जना राई, कृति गुरुङ, राधा तामाङ, सृष्टि पाटा राना, प्रमिशा आले, सोफिया बसौला र युनिशा विक रहेका छन् । सञ्जालको संयोजकमा शिक्षक सिता पन्थ रहेको विद्यलयले जनाएको छ ।
