रमेश विकल
शैक्षिक शत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँ जिल्लाको समग्र नतिजा ६५.७५ प्रतिशत रह्यो । राष्ट्रिय नतिजाको नजिकै रहेको तनहुँको समग्र नतिजालाई व्यास, म्याग्दे, शुक्लागण्डकी, भीमाद तथा देवघाटले उछिनेका छन् भने बाँकी ऋषिङ, घिरिङ, बन्दिपुर, आँबुखैरेनी, भानुले जिल्लाको समग्र नतिजालाई भेट्टाउन सकेका छैनन् ।
जिल्ला सदरमुकाम रहेको व्यास नगरपालिकाबाट सामुदायिक तथा संस्थागत गरी ४३ विद्यालयका एकहजार चारसय ९३ विद्यार्थी एसइईमा सहभागी भएकामा एकहजार ९२ ग्रेडेड हुन सफल भए । यसैगरी म्याग्देका आठ विद्यालयबाट सहभागी तीनसय ४३ मध्ये दुइसय ४३, ऋषिङका ११ विद्यालयबाट सहभागी दुइसय २४ परिक्षार्थी मध्ये एकसय ८, घिरिङका सात विद्यालयबाट सहभागी एकसय ६४ मध्ये ७६ जना, क्लागण्डकीका २९ विद्यालयबाट सहभागी नौ सय ८१ मध्ये सातसय २२ ग्रेडेड भएका छन् ।
यसैगरी देवघाटका १३ विद्यालयबाट सहभागी दुइसय पाँच मध्ये एकसय ६४, भिमादका १८ विद्यालयबाट सहभागी चारसय २० मध्ये तीनसय १५ जना, बन्दिपुरका नौ विद्यालयबाट सहभागी दुइसय ९२ मध्ये १४५, आँबुखैरेनीका १० विद्यालयबाट सहभागी चारसय १० विद्यार्थी मध्ये दुइसय ३१ र भानुुका २३ विद्यालयबाट सहभागी चारयस ८५ परीक्षार्थीमध्ये दुइसय ६७ ग्रेडेड हुन सफल भएका छन् ।
प्राप्त नतिजा अनुसार देवघाट गाउँ पालिका ८० प्रतिशत विद्यार्थी ग्रेडेड गर्न सफल भएर तनहुँमा प्रथम भएको छ । यसैगरी ७५ प्रतिशत सहित भिमाद दोस्रो, ७३.६० प्रतिशत सहित शुक्लागण्डकी तेस्रो, ७३.१४ प्रतिशत सहित व्यास नपा चौथो र ६८.२२ प्रतिशत सहित म्याग्दे पाँचौं भएका छन् ।
यसैगरी ५६.३४ प्रतिशत सहित आँबुखैरेनी छैटौं, ५५.१० प्रतिशत सहित भानु सातौं, ४९.४८ प्रतिशत सहित बन्दिपुर आठौं, ४८.२१ प्रतिशत सहित ऋषिङ नवौं र ४६.३४ प्रतिशत सहित घिरिङ पुछाारमा रहेको छ ।
यस वर्ष ऋषिङ गाउँपालिकाका शुक्ला मावि, शान्ति मावि तथा बालशिक्षा निकेतन माविले सतप्रतिशत विद्यार्थी ग्रेडेड गर्न सफल भएका छन् । यसैगरी देवघाटका कालिका मावि, सिद्धमहाकाली मावि, आदर्श शिक्षा मावि, महेष संस्कृत गुरुकुल, वेदवेदाङ्ग विद्यालय, महाकल्याणी वैदिक कन्या गुरुकुल र परमानन्द संस्कृत गुरुकुलले पनि एसइईमा सहभागी सबै विद्यार्थी ग्रेडेड गर्न सफल भएका छन् । शुक्लागण्डकीका माउन्ट अन्नपूर्ण एकेडेमी र कञ्चनजंघा इङलिस बोर्डिङ स्कुल, म्याग्देको आदर्श इङलिस स्कूल, भिमादका हिमालय मावि र पृथ्वी मावि, तथा व्यास नगरपालिकाका महर्षि वेदव्यास संस्कृत मावि, आदिकवि भानुभक्त मावि, दमौली पब्लिक अंग्रेजी स्कुल र कन्काई ग्लोबल एकेडेकीले पनि सतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल भएका छन् ।
ऋषिङको जयदुर्गा मावि तथा बन्दिपुरका अरुण मावि र दिपशिखा माविको नतिजा भने सून्य रहेको छ ।
यस वर्ष तनहुँबाट नियमित तर्फ चारहजार नौसय ४० विद्यार्थी एसइईमा सहभागी भएकामा तीनहजार दुइसय ४८ विद्यार्थी सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अुनसार जिल्लाभरीबाट आठ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका छन् ।
एसइई–२०८२ मा तनहुँको नतिजा: १९ विद्यालयको नतिजा सतप्रतिशत तीनवटाको सून्य
previous post
