दमौली/संघीय निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत पाएपछि नेपाली काँग्रेस र नेकपा एमाले समेतका ठुला दलका जिल्ला कार्यसमितिमा रहेका सदस्यहरुले राजिनामा दिने एकखाले लहर तनहुँमा चलेको छ । नेपाली काँग्रेस तनहुँका जिल्ला कार्यसमिति सदस्य भरत कृष्ण श्रेष्ठले साधारण समेत नरहने गरी राजिनामा दिएको केहि दिनपछि नेकपा एमाले जिल्ला कमिटि सदस्य बसुन्धरा घर्तीले नेकपा ऐमालेको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिइ नेकपा एमालेबाट अलग भएको घोषणा गरेकी छन् । जिल्ला स्तरका नेताद्वयले आफु सम्बद्ध राजनितिक दलबाट राजिनामा दिएसँगै राजनितिक बृतमा संघीय संसदको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गर्ने अडकलबाजी गरिएको छ ।
पार्टी छाड्ने लहर
previous post
