
पूर्व एआईजी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुंगा–१ बाट निर्वाचित सांसद विश्वराज पोखरेल यतिबेला चर्चाको चुलीमा छन् । नाम होस् या बदनाम तर गुमनाम नहोस् भन्ने फर्मुला पछ्याएका सांसद पोखरेल यतिबेला बदनाम भएर चर्चामा रहेका हुन् ।
वैशाख १० गते आफ्नो निर्वाचन क्षेत्रको चण्डेश्वरी माध्यमिक विद्यालय पुगेका सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई आफ्नो स्वागतमा विद्यालय गेटमा नआएको भन्दै तथानाम भनेपछि विवाद र चर्चामा रहेका हुन् । सामाजिक सञ्जालामा उपलब्ध भिडियोमा सांसद पोखरलेले विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई आफु जिल्लाको माननीय भएको र आफु आउँदा हेडमास्टर स्वागतमा ननिस्केर भित्र चुप लागेर वस्न मिल्छ ? भन्ने प्रश्न गरेका छन् । उनले आफु एक नम्बरको माननिय भएको उल्लेख मात्र गरेका छैनन् तपाईँजस्तो हेडमास्टर मैले देशभर चलाएको हुँ भन्दै रिसिभ गर्न नआएकोमा आक्रोश पोखेका छन् । उनले प्रअ मगरलाई माननीय आउँदा ध्यान नपुगेको भन्दै खेद प्रस्ताव पास गर्न अह्राउँदै आफु ५० हजार पेन्सन खाने विशिष्ट श्रेणीको कर्मचारी भएको समेत बताएका छन् ।
भिडियो सार्वजनिक भएसँगै पोखरेलको आलोचना भएको छ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले सामाजिक सञ्जालमा, बाटोमा स्वागत गरेनन् भनेर दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र सवाफ दिन नहुने, माफी माग्नु पर्ने नभए जनताले फिर्ता बोलाउनु पर्ने उल्लेख गरेका छन् । उनी थप्छन्, यो कामले सांसद पदको वेइज्जत भयो ।
सांसद पोखरेलले जस्तै पदको मात र मर्यादाको उल्लङघन गर्दा छिट्टै पतन भएका राजा नहुषको कथामात्र छैन । शक्तिको दुरुपयोग गर्दा पतन भोग्नु परेको रावणको कथा हामीले पढेकै छौं । हिरण्यकश्यपुको पतन होस् वा कंशको विनाशको कथा अनि दक्षप्रजापतिको टाउको काटिएर बोकाको टाउको जोड्नु परेको कथा सबै अभिमानका कारण भएको हामीले पढकै हौं ।
विचरा हेडसर ! उसले के के गरोस् ? शिर्षक दिएर लामो कविता मार्फत पेशल खनालले समाजिक सञ्जालमा राखेको कविताको अन्त्यमा भनिएको छ, हेडसरले अरु जे–जे गरोस् नगरोस्, गटमै उभिएर प्रभुहरुको जयजयकार र स्वगत चैं गरोस् ।
समाजिक सञ्जालमै प्रकृति अधिकारीले विद्यालयका प्रधानाध्यापकलाई सुझाब भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे र भने सिसिटिभीको एउटा क्यामेरा गेट तिर पनि फर्काउनुहोला । सिसिटिभी जडान गर्ने रकम छैन भने संसद विकास कोषबाट माग्ने वा आगामी आवको बजेट कार्यक्रममा पार्न नेपाल शिक्षक महासंघमार्फत सरकारसँग अनुरोध गर्ने ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेपछि रास्वपा ओखलढुंगाले घुमाउरो पाराले विद्यालयको दोष देखाउँदै क्षमा माग्यो । सांसद पोखरेल स्वयमले पार्टीको लाईन समाए र क्षमा मागे । उनको क्षमा मागमा समेत उही अभिमान झल्किन्छ । यहाँ कमजोरीका लागि इमान्दार भएर र अभिमान त्यागेर सार्वजनिक क्षमायाचना गर्दा सानो भईँदैन भन्ने रास्वपा र पोखरेले दुबैले भुलेको देखिन्छ ।
हाम्रो पूर्विय चिन्तन परम्परामा गुरुको अति विशिष्ट स्थान छ । गुरुलाई हामी शिष्यमा ज्ञानको सृष्टि गर्ने ब्रम्हा, शिष्यले प्राप्त गरेको ज्ञानको रक्षा र संवद्र्धन गर्न विष्णु र शिष्यभित्र रहेको अज्ञानता र विकासहरुको संहार गर्ने महेश्वरमा रुपमा श्रद्धा र सम्मान गर्छाै । आफुलाई पूर्व विशिष्ट र नम्बर एकको माननीय बताउने पोखरेलले “गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
राजनीतिमा पद र शक्ति क्षणभंगुर हुन्छन् । पाँच वर्षको लागि पाएको शक्तिलाई ‘ब्रह्माण्डकै अन्तिम शक्ति’ ठानेर मर्यादा भुल्नु अर्काे भुल हो । पौराणिक कालमा दण्ड ‘देवता’ वा ‘ऋषि’ ले दिन्थे, आधुनिक लोकतन्त्रमा त्यो दण्ड ‘जनता’ ले चुनावमा दिन्छन्,दिनुपर्छ । मर्यादा भुल्नेहरू समयको चक्रमा नहुष जस्तै पतन हुन्छन् ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।” को मर्मलाई आत्मसात गर्न नसकेको वा अभिमानवश नखोजेको जस्तो लाग्यो । मलाई लाग्यो, विद्यालयको प्रधानाध्यापक (गुरु) लाई अपमान गर्ने, हप्कीदप्की गर्ने पोखरलेलले माथिको श्लोकले दिएको सांस्कृतिक र आध्यात्मिक जगलाई नै भुले वा शक्तिको अहंकारले भुलायो ।
गुरु प्रति गरिएको अपमान, हप्कीदप्कीपछि मलाई केही लेखौं भन्ने लाग्यो र केही पौराणिक सन्दर्भ सहित लेखलाई आगाडि बढाउने र बीट मार्ने जमार्काे गरेको छु । अहंकार विनाशको मूल ढोका भएको बताउने थुप्रै पौराणिक कथाहरु हामीले पढेका र सुनेका छौं । यि कथाहरुले सफलता वा शक्तिको शिखरमा पुगेको मानिसले आफुले उभिएको धरातल विर्सने र मृत्यु अन्तिम सत्य भएको पनि विर्सेर अभिमान गर्दा विनाश तर्फ गएको सन्देश दिन्छन् ।
सांसद पोखरेलले जस्तै पदको मात र मर्यादाको उल्लङघन गर्दा छिट्टै पतन भएका राजा नहुषको कथामात्र छैन । शक्तिको दुरुपयोग गर्दा पतन भोग्नु परेको रावणको कथा हामीले पढेकै छौं । हिरण्यकश्यपुको पतन होस् वा कंशको विनाशको कथा अनि दक्षप्रजापतिको टाउको काटिएर बोकाको टाउको जोड्नु परेको कथा सबै अभिमानका कारण भएको हामीले पढकै हौं । स्वर्गका राजा इन्द्र लुकेर बसेको बेला पुण्यको बलले गर्दा पृथ्वीका राजा नहुषलाई स्वर्गको राजा (इन्द्र) बनाइयो । तर, पद पाउनेबित्तिकै उनले आफ्नो मर्यादा भुले ।
उनले इन्द्रकी पत्नी शचीलाई पाउने इच्छा गरे र ऋषिहरूलाई आफ्नो डोली बोक्न लगाए । अहङ्कारमा अन्धो भएर उनले डोली बोक्ने अगस्त्य ऋषिलाई “सर्प सर्प”(छिटो हिँड) भन्दै खुट्टाले हिर्काए । ऋषिले उनलाई “तँ सर्प नै बन्नू” भनेर श्राप दिए । क्षणभरमै स्वर्गको राजाबाट उनी जमिनमा घस्रिने अजिङ्गर
बने । विद्यालयको प्रधानाध्यापक जस्तो प्राज्ञिक र मर्यादित पदमा रहेका व्यक्तिलाई हप्काउनु भनेको नहुषले ऋषिहरूलाई हप्काए जस्तै हो । गुरुलाई गरिने अपमानलाई केवल एक व्यक्तिको अपमान नभई ‘विद्या’ र ‘संस्कार’ कै अपमान हो । जसले गुरुको मर्यादा राख्न सक्दैन, उसले प्राप्त गरेको शक्ति वा पदको आयु पनि पौराणिक कथाका पात्र नहुषको जस्तै हुने पक्का छ ।
शिक्षक समाजको मार्गदर्शक हो । जब आफुलाई एक नम्बर माननीय भएको बताउनले शिक्षकको अपमान गर्छ, शक्तिको उन्माद देखाउँछ हामीले बुझ्नु पर्छ, त्यो मानिस माननीय भन्न, बन्न लायक छैन । आफ्नो पदको गरिमा नबुझेका र अभिमानले फुलेका पोखरेलहरुको नैतिक र राजनैतिक पतन आवश्यक छ ।
जब कुनै व्यक्ति जनताको मतबाट शक्तिशाली पदमा पुग्छ, उसले आफूलाई ‘सेवक’ भन्दा ‘शासक’ ठान्न थाल्छ । राजनीतिमा पद र शक्ति क्षणभंगुर हुन्छन् । पाँच वर्षको लागि पाएको शक्तिलाई ‘ब्रह्माण्डकै अन्तिम शक्ति’ ठानेर मर्यादा भुल्नु अर्काे भुल हो । पौराणिक कालमा दण्ड ‘देवता’ वा ‘ऋषि’ ले दिन्थे, आधुनिक लोकतन्त्रमा त्यो दण्ड ‘जनता’ ले चुनावमा दिन्छन्,दिनुपर्छ । मर्यादा भुल्नेहरू समयको चक्रमा नहुष जस्तै पतन हुन्छन् ।
शिक्षक समाजको मार्गदर्शक हो । जब आफुलाई एक नम्बर माननीय भएको बताउनले शिक्षकको अपमान गर्छ, शक्तिको उन्माद देखाउँछ हामीले बुझ्नु पर्छ, त्यो मानिस माननीय भन्न, बन्न लायक छैन । आफ्नो पदको गरिमा नबुझेका र अभिमानले फुलेका पोखरेलहरुको नैतिक र राजनैतिक पतन आवश्यक छ ।
र सांसद पोखरेलले नमागेको सुझाव कविशिरोमणी लेखनाथ पौड्यालको कविता ‘नैतिक दृष्टान्तको’ चौथो र चौधौं श्लोकबाट, कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
