दमौली/नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा खड्गबहादुर अधिकारीको बैशाख आठ गते निधन भएको छ । ८७ बर्षको उमेरमा निधन भएका खड्गबहादुर प्रतिबन्धित कालमा पनि निर्भिकताका साथ प्रजातान्त्रिक हक अधिकारका लागि सरकारका गतिविधि विरुद्धमा उभिन सक्ने कडा मिजासका थिए । लोकतन्त्र आएपछि विधि र पद्धति बसाल्न चाहने अधिकारीलाई भोग्नेहरुले साह्रै कडा भनेर टिप्पणी गर्दथे ।
तनहुँका लौह पुरुषको उपमा पाएका गोवद्र्धन पोख्रेलका संगतमा नेपाली काँग्रेसको निष्ठावान कार्यकर्ताको पहिचान बनाएका अधिकारीको निधन भएपछि नेपाली काँग्रेस तनहुँका नेता रामचन्द्र पोख्रेल आफ्नो फेसबुक स्टाटस लेख्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । धेरैले स्व. अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ तर गणनामा सुवास पोख्रेल पनि पर्नुभयो कि उहाँ पनि लौह पुरुषका छोरा भएकै कारण पारिवारिक सामिप्यता थियो ।
