दमौली/नेपाली कांग्रेसले पार्टी संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ’एक महिने जरा अभियान’ सञ्चालन गर्ने भएको छ । कांग्रेसले अभियानमा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिसकेको छ ।
अभिमुखिकरणमा अभियानको उद्देश्यका सम्बन्धमा महामन्त्री प्रदीप पौडेलले जानकारी गराएका थिए भने युवा नेता प्रताप पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पारित विधानका सम्बन्धमा, खटिने प्रतिनिधिको कार्यविधि र प्राविधिक विषयका पक्षमा जानकारी गराएका थिए ।
केन्द्रीय प्रतिनिधिको अभिमुखीकरण कार्यक्रमसँगै १५ औं महाधिवेशनको कार्यतालिका अनुसार कार्य प्रारम्भ भएको कांग्रेसले जनाएको छ । २०८३ वैशाख १ गतेदेखि एक महिने जरा अभियान संचालन गर्ने र त्यस अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गने कांग्रेसले जनाएको छ । यसका साथै सामाजिक र सिर्जनात्मक अभियान संचालन गर्ने तथा स्थानीय सरकार संचालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको छ । त्यसैगरी जिल्ला मार्फत ६,७४३ वटै वडाहरुमा प्रतिनिधिहरु खटाइनेछ र २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिनेछ ।
ञ वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नु पर्नेछ कांग्रेसले निर्णय गरको छ । यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरुले मात्र कांग्रेस आइडी प्राप्त गर्नेछन् र १५ औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।
अभियान अन्तर्गत तनहुँमा केन्द्रीय प्रतिनिधिको रुपमा कास्कीका रामचन्द्र त्रिपाठी र नवलपुरका गणेश सापकोटा आउने छन् ।
संगठन सुदृढ गर्न कांग्रेसको जारा अभियान
previous post
