
एम ए अर्थशास्त्र
एल्गोरिदम (Algorithm) वर्तमान समयमा नयाँ शब्द जस्तो लाग्नसक्दछ । तर यसको प्रयोग जानेर वा नजानेर कुनै पनि समस्या समाधान गर्न वा निश्चीत लक्ष हासिल गर्नको लागि बनाइएको चरणबद्ध (Stepwise) तार्किक र व्यवस्थीत निर्देशनहरुको सेट हो । यो कम्प्युटर विज्ञानको आधारभूत अबधारणा हो जसले कम्प्युटरलाई के गर्ने कसरी गर्ने भन्ने स्पष्ट निर्देशन दिन्छ । एल्गोरिदम केबल कम्प्यूटरमा मात्र प्रयोग हुने नभइ हाम्रो दैनिक जीवनका धेरै कामहरु पनि व्यवस्थित रुपमा यसकै आधारमा गरिन्छन् । त्यसैले यसलाई समस्या समाधान गर्न वा कुनै काम समयमै पुरा गर्नको लागि बनाइएको चरणबद्ध निर्देशनको सेट हो । यसले प्रत्येक मानिसलाई कुनै पनि काम के गर्ने, कसरी गर्ने भन्ने स्पष्ट ज्ञान दिन्छ । जस्तै चिया बनाउने एल्गोरिदम– पानी उमाल्ने, चिया पत्ति हाल्ने, चिनी र दुध थप्ने, केहि समय उमाल्ने वा तताउने र कपमा हालेर पिउन दिने । यसमा क्रमसः सिलसिलेवार रुपमा पाँच चरण पार भएको छ ।
एल्गोरिदमका विशेषताको बारेमा चर्चा गर्दा मुख्यतया, स्पष्टता (Clarity), सिमितता (Limitation), इनपुट
(Input), आउटपुट (Output), प्रभावकारीता(Effectiveness) रहेका हुन्छन् । जसलाई प्रचलनमा ल्याउँदा प्रत्येक चरण स्पष्ट र बुझ्न सजिलो हुनुपर्दछ, निश्चित समयपछि समाप्त हुनुपर्दछ, आवश्यक डेटा (Data) वा सूचना लिन्छ, परिणाम उत्पादन गर्दछ, प्रत्येक चरण व्यवहारिक र कार्यान्वयन योग्य हुनुपर्दछ ।
यसरी एल्गोरिदमलाई हाम्रो दैनिक जीवनमा सफल र सरल बनाउनको लागि पालन गर्ने नियमहरुको सूची वा कार्य गर्ने तरिका भनेर पनि बुझ्न सकिन्छ । विकास सम्बन्धि चर्चा गर्दा वा आर्थिक विकासका योजना (Economic Development Planning) का समस्या समाधानलाई सजिलो बनाउँदछ, समय र स्रोतको बचत गर्दछ, प्रोग्रामिङ्ग (Programming) लाई व्यवस्थित बनाउँदछ, जटिल समस्यालाई साना साना भागमा बिभाजन गर्न मद्दत गर्दछ ।
एल्गोरिदमका बारेमा विस्तृत रुपमा छलफल गर्दा यसलाई विभिन्न प्रकारहरु जस्तै साधारण (Simple Algorithm), गणितिय कार्यका लागि (Recursive Algorithm), आफैलाई पुनः बोलाउने डिभाइड एण्ड कन्कर Divide and Conquer, समस्या समाधान गर्ने Searching Algorithm, डेटा खोज्न प्रयोग हुने Shorting Algorithm (सर्टिङ्ग एलगोरिदम) डेटालाई मिलाउन प्रयोग हुने गरि पाँच प्रकारमा बिभाजन गरिएको पाइन्छ । यसरी व्यवहारिक जीवनमा यसको विशेष महत्व छ । वर्तमान समयमा प्रत्येक विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुले यसको अनुसरणले सफलताको मार्ग सूनिश्चित गर्न सजिलो र व्यवहारिक बनाउँछ । जस्तै विद्यालय जाने बिद्यार्थीको एल्गोरिदम यस्तो हुन्छ । बिहान उठ्ने, दाँत माझ्ने, नुहाउने, खाना खाने, झोला तयार गर्ने, स्कुलबस चढ्ने ।
निस्कर्षमा एल्गोरिदम कुनैपनि समस्या समाधान गर्ने व्यवस्थित र तार्किक तरिका हो । यसले दैनिक जीवनलाई सरल बनाउनुको साथै कुनैपनि कामलाई सरल, छिटो र प्रभावकारी बनाउँदछ । यसलाई राम्रोसँग बुझेर प्रयोगमा ल्याउन सकियो भने कार्ययोजना बनाउन, आर्थिक योजना निर्माण गर्न, स्थानिय निकाय संचालन गर्नु, जनतामा भएका जटिल समस्याहरु सजिलै समाधान गर्न सकिन्छ । यसले समस्या राम्रोसँग बुझ्न र समाधान गर्न सहजीकरण गर्दछ । के हाम्रा गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिले यस्तो अबधारणाको प्रयोग गरेका छन् त ? योजनाबद्ध विकासका लागि हो यो सवाल ।
