दमौली/संसोधित विधान अनुसार नेपाल रेडक्रस सोसाईटी तनहुँले जिल्लाका १० वटै पालिकामा संसोधित नयाँ संरचना अनुसारको तदर्थ समिति बनेको छ ।
नेपाल रेडक्रस सोसाइटीको परिवर्तित विधानले पालिका स्तरमा समिति गठन गर्नुपर्ने व्यवस्था गरेकोले तदर्थ समिति बनाइएको नरेसो तनहुँका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले बताए ।
नेरेसो गण्डकी प्रदेश निर्वाचन प्रतिनिधिको उपस्थिति र उपशाखा सभापतिहरूसँगको परामर्शमा नेरेसो पालिका तदर्थ समिति गठन गरिएको हो । कोषाध्यक्ष अधिकारीका अनुसार हरेक पालिकामा संयोजक, सचिव, कोषाध्यक्ष र सदस्य रहने गरी सात सदस्य रहेको तदर्थ समिति गठन गरिएको छ ।

अधिकारीका अनुसार आँबुखैरेनी गाँउपालिका तदर्थ समितिको संयोजक गणेश कोईराला, सचिव मिलन भुजेल, कोषाध्यक्ष किशोर के.सी तथा सदस्यहरु पम्फादेवी श्रेष्ठ, देवी देवकोटा, टिकादत्त शर्मा, सोलवहादुर चितौरे रहेका छन् ।
बन्दीपुर गापा संयोजक कृष्णचन्द्र भट्टराई, सचिव निर गुरुङ्ग, कोषाध्यक्ष रविन्द्रवहादुर बानिया, र सदस्यहरु शुकुमलाल गुरुङ्ग, माया सुनार, निशा घोतने, र भिमा वानीया रहेका छन् ।
म्याग्देमा विनोद खनालको संयोजकत्वमा समिति निर्माण गरिएको छ । समितिको सचिव पवित्रा घिमिरे, कोषाध्यक्ष केशवराज घिमिरे तथा सदस्यहरुमा आशादेवी गुरुङ्ग, तिर्थराज वाग्ले, अच्युतराज काफ्ले, जमुना राना रहेका कोषाध्यक्ष अधिकारीले बताए ।
यसैगरी देवघाट गापा तदर्थ समिति संयोजक अर्जुन अधिकारी, सचिव जयकृष्ण शर्मा (सुवेदी), कोषाध्यक्ष किरण सुवेदी र सदस्यहरु दिव्यदेव पौडेल, राधादेवी खनाल, कमला पोख्रेल, कमला भट्टराई रहेका छन् ।
भिमाद नगरपालिका तदर्थ समिति संयोजक राजेन्द्र अर्याल, सचिव दिननाथ पराजुली, कोषाध्यक्ष शंकरप्रसाद गैरे तथा सदस्यहरु रोमाया थापा, विजयराज सुवेदी, कुश्मादेवी राना, कल्पना गैरे रहेको अधिकारीले जानकारी गराए ।
भानु नपामा पूर्णप्रसाद अधिकारी संयोजक, उपेन्द्रवहादुर विष्ट सचिव तथा रश्मि घर्ती, कोषाध्यक्ष र लालमती गुरुङ्ग, रामनाथ मिश्र, ज्ञानेन्द्र पण्डित, शशिकला अधिकारी सदस्य रहेका छन् ।
घिरिङ गापा संयोजक श्रीराम खनाल, सचिव मिनबहादुर कार्की, कोषाध्यक्ष मानबहादुर थापा तथा सदस्यहरुमा शान्तीदेवी भण्डारी, भवानी पोख्रेल, इमानसिं थापा, श्रीमायाँ थापा र रहेका छन् ।
रिसिङ गापा तदर्थ समितिको संयोजक विष्णुवहादुर आले, सचिव भरतकुमार श्रेष्ठ, कोषाध्यक्ष भक्तवहादुर रानाभाट र सदस्यहरु यमुना श्रेष्ठ, खेलीमाया थापा, पार्वती गिरी, तथा महेन्द्र गिरी रहेका छन् ।
शुक्लागण्डकी नपा समितिको संयोजकमा हरिप्रसाद भण्डारी, सचिवमा मनवहादुर भुजेल, कोषाध्यक्षमा जेजुराम पोख्रेल तथा सदस्यहरुमा ठाकुर प्रसाद खनाल, केशमाया गुरुङ्ग, अन्जुसिंह ठकुरी, मन्जुकुमारी श्रेष्ठ रहेका छन् ।
व्यास नपा संयोजक ईश्वर पौडेललाई चयन गरिएको
छ । यसैगरी सचिवमा प्रमोद न्यौपाने, कोषाध्यक्ष रुपा घिमिरे तथा सदस्यहरुमा दीर्घबहादुर थापा, दुर्गाबहादुर आले, दिपा श्रेष्ठ र जमना दराई चयन भएका छन् ।
