दमौली/जेन्जी आन्दोलनले भाद्र २४ गते अदालत संरचना जलाउँदा वेचैनदेखिनु भएका सम्माननीय प्रधान न्यायाधीश प्रकाशमानसिं राउत अदालत चल्दा देश चलायमान हुन्छ भन्ने विश्वासका देशभरका जलेका अदालतको वस्तुस्थिति अध्ययन गरी भौतिक संरचना र मिसिल पुनस्थापना गराउने अभियान अन्तरगत बुधबार तनहुँ जिल्ला अदालतको निरिक्षण गर्नुभयो ।

अदालत संरचनालाइ यथासिघ्र चलायमान गराउन दृढ देखिनुभएका सम्माननीय प्रधानन्यायाधीश राउत दमौलीमा आएर तनहुँ जिल्ला अदालतको प्रत्यक्ष अवलोकन गरी मुद्धाको चाप, भौतिक संरचनाको अवस्थाका बारेमा तनहूँ जिल्ला अदालतको अध्ययन गर्नुभयो ।
तनहुँ जिल्ला अदालतमा अभ्यासरत कानुन व्यवसायीहरुको कार्यालयमै उपस्थित भएर संक्षिप्त भेटघाट सम्वाद गर्दै सम्माननीय प्रधानन्यायाधीश राउतले अदालत सुचारु गराउन सके कानुन व्यवसाय चम्किने भन्दै बार बेञ्चको समझदारी समन्वयको मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो । प्रधान न्यायाधीशको आगमनमा उत्साहपूर्वक सहभागि भएका कानुन व्यवसायीहरुको संख्या र नौसय मुद्धा संख्याको रसिक तुलना गर्न पनि प्रधानन्यायाधीशले भ्याउनु भयो ।
स्थानीय सरकार, प्रदेश सरकार संघीय सरकार सबै तर्फ कुरा गरेर अदालतको भौतिक संरचनाको निर्माण गर्नमा आफू अवधि नसकिँदासम्म लागि रहने बताएर अदालत प्रशासन, कानुन व्यवसायी समेतमा आशाको सञ्चार गराउन प्रधानन्यायाधीश सफल हुनुभयो ।
कानुन व्यवसायीहरुले अदालतको भवनको रेट्रोफिटिङ्ग गरेर सञ्चालन गर्न लागेको तर्फ जिज्ञासा राख्दा हाललाई यो नै संभव समाधान भनेर प्रधानन्यायाधीश राउतले भ्रममा नपरी चित्त बुझाउन आग्रह गर्नुभएको थियो । अहिले पाईने पुनरसंरचना रेट्रोफिटिङको सट्टा नयाँ भवनको आशामा लाग्दा रेट्रोफिटिङ पनि नहुने, नयाँ भवन पनि नपाउने अवस्था आउने तर्फ कानुन व्यवसायीहरुलाई प्रधान न्यायाधीशले सजग गराउनु भएको थियो ।
उच्च अदालत पोखराका प्रमुख न्यायाधीश रत्नबहादुर बागचन्द, रजिष्ट्रार रामु शर्मा, तनहुँ जिल्लाका त्रयन्यायाधीश विष्णुप्रसाद उपाध्याय, राजेशकुमार कटुवाल, शुम्भुप्रसाद बराल, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरीनायव उपरिक्षक समेतको गमिलो उपस्थिति रहेको सो संक्षिप्त कार्यक्रममा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले तनहुँ बारको तर्फबाट संक्षिप्त जिज्ञासा सहितको धारणा राख्नुभएको थियो ।
नेपाल बार एशोसिशन तनहुँ बारको अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव माधव घिमिरेले गर्नुभएको थियो भने अतिथि एवं सहभागिहरुलाई उपाध्यक्ष विष्णुभक्त सिग्देलले स्वागत गर्नुभएको थियो ।
