दमौली/संसदीय निर्वाचन २०८२ मा तनहुँका मतदाताले तटस्थ मत दिन पाउने मतमत्र हुनुपर्ने भावना प्रकट गरेका छ । यो भावना देशभरका मतदाताको संकेत हो । सर्वोच्च अदालतले तटस्थ मत दिन पाउनुपर्ने व्याख्या गर्दै सो बमोजिमको व्यवस्थापन गर्न नेपाल सरकार र निर्वाचन आयोगको नाउँमा परमादेश समेत जारी गरेको थियो । सो अनुसार मतपत्र तयार गर्न नसक्ने सरकार प्रमुखका विरुद्धमा अदालतको अवहेलनामा मुद्दा दायर भएको समाचारमा पनि आएको थियो ।

तनहुँका छ हजार दुइ सय बाउन्न जना मतदाताको मतपत्र बदर भएको छ । यो बदर मतदान गर्न नजानेर मात्रै बदर भएको देखिदैन । किनभने एक भन्दा बढी चिन्हमा मतसंकेत गर्नु भनेको तटस्थ बस्ने इच्छा हो । त्यसैगरी मतपत्रमा मत संकेत नगरी खाली मतपत्र मतपेटीका खसाल्नु पनि बदर भएको होइन । तटस्थ मतदान गर्ने इच्छा हो । अहिलेको मतदानमा अघिल्ला मतदानमा भन्दा ज्यादै न्यून मत खसेको छ । अर्थात घरमै भएर पनि दलका कार्यकर्ताले मतदातालाइ खोज्दै गएर भेटेर मतदान केन्द्रसम्म पु¥याइ दिने र घरमा ल्याएर छोडिदिने प्रतिबद्धता जनाउँदा पनि मतदाता मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अनिच्छा प्रकट गरे ।
मतदातामा देखिएको यो नैरास्यताले पुष्टि गर्दछ कि छ हजार मत बदर भएको होइन । मतदाताले मतदान दान गर्न नजाँदा खेप्न पर्ने आलोचना र गाल जोगाउन मतदान केन्द्रमा पुगेर मतदान गरेको देखाएर बदर गराएको पुष्टि गर्दछ । यस निर्वाचनमा ज्यादै न्यून मतदाताले मात्रै मतदान गरेको र ज्यादै धेरै मत खाली र बदर हुनुले अधिकाँश मतदाताले यो निर्वाचनप्रति वितृष्णा प्रकट गरेको पाइयो ।
