

बालबालिकामा मोवाइलको लत हटाउँदै पठन संस्कृतिको विकास गर्न व्यास–१२ कमलबारीमा रहेको सिद्धेश्वरी माविले विद्यार्थीलाई बाल पत्रिका मुना पढाउने अभियान सुरु गरेको छ । शिक्षक रमेश विकलसँगको आर्थिक सहकार्यमा मासिक ३० प्रति मुना विद्यालयमा आउने गरी वार्षिक ग्राहक बनेर विद्यार्थीलाई पढ्न दिने र पढेका कथा, कविता, जानकारी मुलक सामग्रीका बारेमा छलफल गराउने गरिएको छ । यो अभ्यासले बालबालिकामा पठन संस्कृतिको विकास हुनुका साथै सिर्जनात्मक क्षमताको समेत विकास हुने विश्वास विद्यालयले लिएको छ । तस्वीरमा मुना पढ्न पाएर खुसी भएका विद्यार्थी । तस्वीरःतनहुँ आवाज साप्ताहिक
