रमेश विकल
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मतदाता, मतदान स्थल तथा मतदान केन्द्रका बारेमा चासो समेत स्वाभाविक रुपमा बढेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन २१ मा हुने निर्वाचनका लागि तनहुँमा एकलाख ३० हजार ९०६ महिला तथा एकलाख २३ हजार ४९१ गरी कूल दुइलाख ५४ हजार ३९७ मतदाता रहेका छन् । दश स्थानीय निकायका गरी ८५ वडा रहेको तनहुँमा जिल्ला भर एकसय ४४ मतदान स्थल तथा तीनसय नौ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्र नं १ मा आँबुखैरेनी गापा, देवघाट गापा, बन्दीपुर गापा, भानु नपा र व्यास नपाका १२ वटा वडा पर्दछन् । ४२ वडा रहेको यो निर्वाचन क्षेत्रमा ६५ हजार १०४ महिला तथा ६१ हजार ७७८ पुरुष गरी कूल एकलाख २६ हजार ८८२ मतदाता रहेका छन् । यो क्षेत्रमा ६९ मतदान स्थल तथा १५३ मतदान केन्द्र रहेका छन् ।
छ वटा वडा रहेको आँबुखैरेनीमा ९ मतदान स्थल तथा १७ मतदान केन्द्र रहेका छन् भने कूल मतदाता १४ हजार ६२ रहेको छ । आबुखैरेनीको वडा नं ३ मा सबैभन्दा धेरै तीनहजार ७८७ मतदाता छन् भने वडा नं ५ मा सबैभन्दा कम एकहजार ५४५ मतदाता रहेका छन् ।
देवघाट गापामा जम्मा ५ वटा वडा छन् । ८ मतदान स्थल र १५ मतदान केन्द्र रहेको देवघाटमा १२ हजार ६४४ मतदाता रहेका छन् । देघाटको वडा नं ५ मा सबैभन्दा धेरै चार हजार ६५५ तथा सबैभन्दा कम वडा नं ४ मा एकहजार ५६१ मतदाता छन् ।
११ वटा मतदान स्थल र २२ मतदान केन्द्र रहेको बन्दीपुरमा ६ वटा वडा रहेका छन् । सबैभन्दा धेरै वडा नं १ मा तीनहजार ४६९ मतदाता तथा सबैभन्दा थोरै वडा नं ३ मा एकहजार ९४१ मतदाता रहेको बन्दीपुरमा कूल १६ हजार २ मतदाता छन् ।
१३ वटा वडा रहेको भानु नपामा २१ मतदान स्थल र ५० मतदान केन्द्र छन् । कूल मतदाता ४२ हजार १०४ रहेको भानुको सबैभन्दा कम मतदाता वडा नं २ मा दुइहजार ४३७ रहेको छ भने सबैभन्दा धरै वडा नं १२ मा चारहजार ११ रहेको छ ।
व्यास नपाका १४ वडा मध्ये यो निर्वाचन क्षेत्रमा १२ वटा वडा समेटिएका छन् । यहाँ २० मतदान स्थल र ४९ मतदान केन्द्र रहेका छन् ।
१२ वटा वडाको कूल मतदाता ४२ हजार ७० छ भने सबैभन्दा धेरै वडा नं १० मा पाँचहजार ६९ र सबैभन्दा कम वडा नं ३ मा एकहजार ८७१ मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नं २ मा ऋषिङ गापा, घिरिङ गापा, भीमाद नपा, शुक्लागण्डकी नपा, म्याग्दे गापा र व्यास नपाका दुइवटा वडा समावेश छन् । ४३ वडा रहेको यो निर्वाचन क्षेत्रमा ६५ हजार ८०२ महिला तथा ६१ हजार ७१३ पुरुष गरी कूल एकलाख २७ हजार ५१५ मतदाता रहेका छन् ।
८ वटा वडा रहेको ऋषिङ गापामा १५ मतदान स्थल र २६ मतदान केन्द्र तथा १८ हजार ७७४ मतदाता छन् । सबैभन्दा धेरै वडा नं १ मा दुइहजार ८३४ मतदाता रहेको ऋषिङको वडा नं ८ मा सबैभन्दा थोरै दुइहजार ३५ मतदाता रहेका छन् ।
५ वटा वडा रहेको घिरिङमा ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा १४ हजार ६१३ मतदाता छन् । घिरिङको वडा नं १ मा सबैभन्दा धेरै तीनहजार ३८७ तथा सबैभन्दा थोरै वडा नं २ मा दुइहजार ६३० मतदाता छन् ।
९ वटा वडा रहेको भीमादमा १५ मतदान स्थल र ३२ मतदान केन्द्र तथा २५ हजार ३११ मतदाता छन् । वडा नं २ मा सबैभन्दा धेरै चारहजार २४९ मतदाता रहेको भीमादमा सबैभन्दा थोरै वडा नं ३ मा एकहजार ५९० मतदाता छन् ।
म्याग्दे गापाका ७ वटा वडामा ९ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन् भने यहाँको कूल मतदाता संख्या १९ हजार ३०६ हो । म्याग्देको वडा नं ६ सबैभन्दा धेरै तीनहजार ९७ मतदाता छन् भने सबैभन्दा थोरै वडा नं ५ मा दुइहजार ८६ मतदाता रहेका छन् ।
यो निर्वाचन क्षेत्रमा व्यास नपाका ५ र ६ गरी दुइवटा वडा समावेश गरिएको छ । ७ मतदान केन्द्र, १३ मतदान स्थल र नौहजार २३६ मतदाता रहेका छन् । वडा नं ५ मा चारहजार ९०८ तथा वडा नं ६ मा चारहजार ३२८ मतदाता रहेका छन् ।
१२ वडा रहेको शुक्लागण्डकी नपामा २१ मतदान स्थल, ४८ मतदान केन्द्र र ४० हजार ३०५ मतदाता रहेका छन् । शुक्लागण्डकीको वडा नं १० मा सबैभन्दा धेरै चारहजार २९० तथा वडा नं ४ मा सबैभन्दा थोरै दुइहजार ४०३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला भरीको अवस्था अध्ययन गर्दा सबैभन्दा धेरै मतदाता व्यास नपामा रहेका छन् । यहाँको मतदाता संख्या ५१ हजार ३०६ हो भने सबैभन्दो धेरै मतदान स्थल र केन्द्र भएको पनि व्यासमा नै हो । यहाँ २७ मतदान स्थल र ६२ मतदान केन्द्र रहेका छन् । उता देवघाट मा सबैभन्दा थोरै मतदाता रहेका छन् । देवघाटमा १२ हजार ६४४ मतदाता छन् । देवघाट र घिरिङमा सबैभन्दा थोरै ८ वटा मतदान स्थल रहेका छन् भने देवघाटमा सबैभन्दा थोरै १५ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धरै मतदाता (५००४)भएको मतदान स्थल व्यास–१ को जलदेवी मावि भादगाउँ हो ।
सबैभन्दा कम मतदाता(३५९) भएको मतदान स्थल देवघाट–१ को गणेश आवि जामुने हो । यसैगरी सबैभन्दा धेरै मतदाता(१०७६) भएको मतदान केन्द्र भीमाद–७ को वडा कार्यालय भवन केन्द्र हो। सबैभन्दा कम मतदाता(३५९) भएको मतदान केन्द्र देवघाट–१ को गणेश आवि जामुने हो ।
