दमौली/नेपाल बार एशोसिएशन तनहूँ बार इकाइले नेपाल बारको ७० औं स्थापना दिवस मंगलबार दमौलीमा पनि मनाएको छ । सो अवसरमा तनहुँ बारका पूर्वअध्यक्ष बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले हालसालै दमौली अस्पतालको अध्यक्षमा गण्डकी प्रदेश सरकारबाट मनोनित हुनुभएकोमा वधाइ ज्ञापन गर्दै सम्मान समेत गरेको छ ।

तनहुँ बारको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाइ सम्वोधन गर्दै तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले तनहूँ बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको दमौली अस्पतालको अध्यक्षमा मनोनयन हुनुभएकोमा अध्क्षात्मक कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो । नेपाल बारको स्थापना दिवसका सन्दर्भमा आफ्नो मन्तब्य राख्दै नेपालको न्याय प्रणालीप्रति अन्तराष्ट्रिय विश्वासनीयता आर्जन गर्न कानुन व्यवसायीहरुमा जिम्मेवारीवोध र अन्ययनशिलताको खाँचो खड्केको धारणा राख्नु भयो । अन्तराष्ट्रियस्तरका कम्पनीहरुले नेपालको काममा गर्ने करारनामा गर्दा सिङ्गापुरमा आर्विट्रेशन गर्ने कुरा लेखिनु नेपालको न्यायपालिका प्रतिको अविश्वासनिता झल्किन्छ न्यायाधीश विष्णुप्रसाद उपाध्यायको चिन्ता थियो । बारको ७०औं स्थापना दिवसले हाम्रो लिगल सिष्टमलाइ देश भित्र र अन्तराष्ट्रियस्तरमा समेत आस्था र विश्वास आर्जन गर्न सक्ने गरी कानुन व्यवसायीहरुको क्षमता बृद्धि गर्न सकोस भन्ने शुभकामना न्यायाधीश उपाध्यायले दिनुभयो ।
नेपाल बार एशोसिएशन तनहूँको अध्यक्ष सरीता थापा भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व बरिष्ठ अधिवक्ता कमलामोन वाग्ले, भानुभक्त सुवेदी, विश्वनाथ वास्तोला समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्थलमै रहेका अर्का बरिष्ठ अधिवक्ता परशुराम गिरी, स्रेस्तेदार नन्दप्रसाद आचार्य र जिल्ला सहायक न्यायाधिवक्ताबाट शुभकामना मन्तव्य राख्न नपुग्दा खल्लोपनको अनुभूति भएको सहभागिहरुले बताए ।
