दमौली/टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानले स्व. टंकनाथ पराजुलीको ११औं स्मृति दिवस मंसिर २४ को दिनमा सत्यवती माध्यमिक विद्यालयको पुस्तकालयलाई पाँच सय थान पुस्तक हस्तान्तरण गरेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सत्यवती माध्यमिक विद्यालयको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रममा सो पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको थियो । विद्यालयको लाईब्रेरीमा थप गरिएका करिव दुई लाख रुपयाँ मूल्य बराबरका पाँच सय थान पुस्तक साहित्य, ऐतिहासिक तथ्य, राजनीतिक दस्तावेज प्रकृतिका रहेको स्व.टंकनाथ पराजुलीका कनिष्ठ सुपुत्र प्रदीप पराजुलीले बताउनु भयो । नेपाली काँग्रेस केन्द्रिय समितिका सल्लाहकार सदस्य पुष्पराज पराजुलीले सो कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाप्रेमी टंकनाथ पराजुलीको ११औं स्मृति दिवसमा हस्तान्तरण गरिएका पुस्तकहरुको अध्ययनले सत्यवतीका विद्यार्थी, शिक्षक र अभिभावकहरु सामाजिक सञ्जालप्रतिको आकर्षिक घटाउन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्रेम प्रकाश पौडेलको सभापतित्वमा भएको सो कार्यक्रमलाई केशवराज काफ्ले, चन्द्रमणि कोइराला, विजयराज पौडेल, केशबराज घिमिरे, रमेश गिरी, पुष्राज श्रेष्ठ, सुचिता अधिकारी लगायतले स्व. टंकनाथ पराजुलीको शैक्षिक योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले स्व. टंकनाथ पराजुलीबाट शैक्षिक प्रतिष्ठानले ११औं स्मृति दिवससम्म गरेका सामाजिक उत्तरदायित्वका गतिविधिहरुका बारेमा, साथै स्व. टंकनाथ पराजुलीको कुसल नेतृत्वमा जुटेको टीमवर्कले सत्यवती माविलाई राष्ट्रियस्तरको प्रथम विद्यालयको पहिचान बनाउन सफल भएको बारेमा समेत चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव खिमकान्त पराजुलीले गर्नुभएको थियो भने अतिथि तथा सहभागिहरुलाई प्रतिष्ठानका उपाध्यक्ष कृष्णहरि वाग्लेले स्वागत गर्नुभएको थियो ।
