22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

दिर्ग–लोक स्मृतिको १५ औं श्रृङ्खला

गाठादी/दीर्ग–लोक स्मृति अन्तर विद्यालय आधारभूत तह स्तरिय रनिङ शिल्ड खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
श्रृङ्ग माध्यमिक विद्यालयले आयोजना गर्ने प्रतियोगिताको यो १५ औं श्रृङ्खला हो ।
कक्षा १–५ तथा कक्षा ६–८ का लागि छुट्टा छुट्टै आयोजना गरिने प्रतियोगितामा यस वर्ष कक्षा १–५ तर्फ ऋषिङ गाउँ पालिका अन्तर्गतका १० विद्यालय सहभागी भए । यसैगरी कक्षा ६८ तर्फ १२ विद्यालय सहभागी भएको विद्यालयका प्रधानाध्यापक टंकबहादुर थापाले बताए ।

तस्वीरः टंकबहादुर थापा

विद्यालय व्यवस्थापना समितिका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षता एवं गाउँ पालिका उपाध्यक्ष गिनुमायाँ थापाको प्रमखु आतिथ्य र लेप्टेन परिवारका सदस्यहरुको समेत उपस्थितिमा बिहिबार सम्पन्न प्रतियोगितामा आधारभुत तह (१–५) तर्फ शुक्ला माध्यमिक विद्यालय प्रथम, धर्म आधारभूत विद्यालय द्वितीय तथा राष्ट्रिय आधारभूत विद्यालय तृतीय भएका थिए ।
यसैगरी कक्षा ६–८ तर्फ अमर आधारभूत विद्यालय प्रथम, सरस्वती आधारभूत विद्यालय द्वितीय र धर्म आधारभूत विद्यालय तृतीय भएका प्रअ थापाले जानकारी गराए ।
स्थानीय लेप्टेन परिवारको प्रायोजनमा उक्त प्रतियोगिता आयोजना गर्ने गरिएको प्रअ थापाले बताए ।

Related posts

राजमार्ग छेउका घर भोली सम्ममा भत्काइने

admin

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

दमौलीमा एनपिएलको ट्रफी परेड

admin