
राणा प्रधामन्त्री वीर शमशेरले विसं १९५१ तिर निर्माण गर्न लगाएको मानिने नेपालको सम्पदाको रुपमा परिचित घण्टाघर । काठमाण्डौंको पहिचान बनेको यो घण्टाघर विसं १९९० को महाभूकम्पले क्षतविक्षत भएको घण्टाभरलाई जुद्ध शमशेरले पुनः निर्माण गरेका थिए । पश्चिमी वास्तुकला एलिजावेथ टावरबाट प्रभावित भएर निर्माण गरिएको विश्वास गरिने यो सम्पदा त्रिचन्द्र क्याम्पस परिसरमा रहेको छ । हाल यसको पुनः निर्माणको काम चलिरहेको छ । तस्वीरः रमेश विकल
