भलिबल, कबड्डी लगायतका विभिन्न खेल हुने
रमेश विकल
व्यास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १ र २ मा भादगाउँ स्थित निर्मल मावि खेल मैदानमा आयोजना हुने भएको छ ।
स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको कार्तिक २५ को निर्णय बमोजिम व्यास नगर स्तरीय सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
मंसिर १ गते विहान ८ बजे सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विद्यालयहरुलाई निार्धारित फारम भरेर कार्तिक ३० गते भित्र खेलाडी छात्र/छात्राको विवरण निर्मल मावि विद्यालय प्रसाशन शाखामा बुझाउन नपाले अनुरोध गरेको छ ।

प्रतियोगितामा छात्र र छात्रा दुबैको भलिबल तथा कबड्डी खेल हुनेछन् । यसैगरी छात्र/छात्रा दुबैका लागि १०० मि, २०० मि, ४०० मि, ८०० मि र ३००० मि का दौड तथा ४०० र १६०० मिटरका रिले दौड हुनेछन् । उफ्रने र फ्याँक्ने खेलमा हाइजम्प, लङजम्प, त्रिपलजम्प र ज्याभलिङ थ्रो र सटपुट प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
विभिन्न तौल समूहका छात्र/छत्राका लागि सितेरियो कराँते प्रतियोगिता पनि सञ्चालन हुनेछ ।
चालु शैक्षिक शत्रमा कक्षा १२ सम्म नियमित अध्ययन गरेको र इमिसमा अध्यावधिक भएको विद्यार्थीमात्र सहभागी हुन पाउने प्रतियोगितामा खेलाडी विद्यार्थीले एक खेल विधामा मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
