25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

महासंघद्वारा खेद व्यक्त

दमौली/नेपाल पत्रकार महासंघले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार माथि प्रदेश अस्पताल दमौलीभित्र भएको दुव्र्यव्यवहारको घटनाप्रति खेद व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव कृष्ण न्यौपानेद्वारा भाद्र १७ गते हस्ताक्षरित विज्ञप्ति अनुसार पूर्व उपाध्यक्ष एवं जनचाहना न्युज डटकमका कार्यकारी सम्पादक एसवि नेपालीलाई समाचार सङ्कलनका क्रममा मिति २०८२ भदौ १७ गते प्रदेश अस्पताल दमौली अस्पतालमा पुगेका थिए । अस्पतालमा बिरामी सङ्ख्या बढिरहेको समाचार सङ्कलनका क्रममा फोटो÷अडियो खिच्दै गरेका पत्रकार नेपालीको मोवाइल अस्पतालका डा. निराजन पन्थले अडियो डिलिट गरी दुव्र्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । अस्पताल भित्र भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा सो दुव्र्यवहारप्रति महासङ्घ खेद प्रकट गरेको छ ।
समाचार सङ्कलन गर्नुपूर्व पत्रकार नेपालीले आफ्नो परिचय र समाचार सङ्कलनको उद्देश्य स्पष्ट पारेको अवस्थामा डाक्टर पन्थबाट भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको ठहर महासङ्घको छ । सत्यतथ्य समाचार संकलन गरेर जनताको सूसुचित हुन पाउने अधिकारको प्रचलन गराउनु पत्रकारको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै विज्ञप्तिमा पत्रकारमाथि दुव्र्यवहार गर्ने डाक्टरलाई आवश्यक कारवाहीका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ सम्बद्ध निकाय, विभाग र नेपाल सरकारसंग जोडदार माग गरेको छ ।

Related posts

admin

पशुलाई रेविज विरुद्धको खोप

admin

ऋषिङमा स्वास्थ्य शिविर, ३५० को स्वास्थ्य परीक्षण

admin