22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

पूर्व विद्यार्थी मञ्चद्धारा स्टेशनरी तथा पोशाक सहयोग

दमौली/तनहुँको व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चद्धारा शुक्रबार विद्यालयमा अध्ययरत जेहेन्ददार तथा अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक सहयोग गरिएको छ ।

मञ्चका अध्यक्ष भानु चापागाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोदप्रसाद छिमाल र विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेलाई सयुक्त रुपमा शैक्षिक सामग्री कापी, कलम तथा विद्यालय पोशाक हस्तान्तरण गरेका थिए ।

आर्थिक रुपमा कमजोर भएका, अनाथ तथा जेहेन्द विद्यार्थीलाई अध्ययनलाई सहयोग पुगोस् भने ३५ हजार मूल्य बराबारको सामग्री प्रदान गरिएको मञ्चले जनाएको छ । जाडो महिनामा न्यानो कपडा प्रदान गरिएकोमा गर्मी महिनाको लागि विद्यालयको खेलकुद पोशाक तथा जुत्ता प्रदान गरिएको अध्यक्ष चापागाईले बताए ।
सो अवसरमा पूर्व विद्यार्थी मञ्चले नवनियुक्त प्रधानाध्यापक हरिराज काफ्ले र सहायक प्रधानाध्यापक आनन्द पौडेललाई सम्मान गरिएको थियो भने शिसाघाट स्थित सुन्दर सामुदायिक वन १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई जनही एक÷एक हजारको दरले १० हजार रुपियाँ प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोदप्रसाद छिमालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको सहजिकरण शिक्षक बुद्धिकुमार बिकले गरेका थिए ।
कार्यक्रममा विद्यालयका निवर्तनमान प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठ, नेपाल शिक्षक महासंघ जिल्लाका सदस्य शिवप्रसाद ढुंगाना, महासंघका व्यास नगरका उपाध्यक्ष उपेन्द्रराज घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन व्यास नगरपालिकाका अध्यक्ष बुद्धिमान बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

Related posts

दिनभरको प्यास मेटाउँदै किसान

admin

प्रथम मेयर कप २०७९

admin

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

admin