
दुलेगौंडा/शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को एक्लेडाँडामा बुद्धको प्रतिमा बन्ने भएको छ । बुधबार गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले बुद्धको प्रतिमाको जग पुजा गरेर प्रतिमाको सिलान्यास गरेका छन् । २९ फिट अग्लो बुद्धको प्रतिमा बनाउनका लागि भूमिपुजन बुद्ध जयन्तिको दिनमा गरिएको थियो । बुद्धको प्रतिमा निर्माणका लागि गुरुङ मगर साँस्कृतिक एकता समाजले विशेष चासो देखाएको
छ ।
बुद्धको जन्मस्थल लुम्बिनी जस्तै धार्मिक पर्यटकीय स्थलको रुपमा बुद्धको प्रतिमा बनेकपछिको एक्लेडाँडा पनि धार्मिक पर्यटकीय स्थल बन्ने विश्वासका साथ प्रतिमा निर्माणमा स्थानीय प्रदेश र संघीयस्तरको राजनितिक प्रशासनिकन धार्मिक नेतृत्वलाइ एकाकार बनाउन निर्माण समिति जुटेको गुरुङ मगर साँस्कृतिक एकता समाजका सचिव अमर थापाले बताउनु
भयो । थापाका अनुसार ६० लाखमा प्रतिमा बन्ने डिपिआर तयार भएको छ । शुक्लागण्डकी नगरपालिकाले १० लाख रुपयाँ विनियोजन गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका सचिव सरोज पौडेलले सात हजार पाँच बुद्धको प्रतिमा निर्माणका लागि सहयोग गर्ने बचनबद्धता प्रकट गरेका छन् ।
तिब्बतियनहरुको मात्र तिर्थस्थल जस्तो बनेको एक्लेडाँडा बुद्धको प्रतिमा बनेपछि सबै बौद्ध धर्मावलम्वीहरु र बुद्धप्रति श्रद्धा भएका अन्य धर्मावलम्वीहरुको पनि तिर्थस्थल बन्ने विश्वास बढ्दै गएको गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले बताए ।