18.8 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

नीति तथा कार्यक्रम भोलि

दमौली/सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम भोलि वैशाख १९ गते ल्याउने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले वैशाख १९ गते संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
नीति तथा कार्यक्रम दिउँसो ३ बजे प्रस्तुत गरिने छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

Related posts

पाँचौ अल्ट्रा म्याराथनको विजेता सुनुवार

admin

पत्रकार महासंघ तनहुँको साधारण सभा असार १८ मा

admin

सेलाउँदै कालीगण्डकी डाइभर्सन मुद्दा

admin