Tanahun Awaj
समाचार

काँग्रेसले अभिभावक गुमायो

दमौली/नेपाली काँग्रेस तनहुँले चट्टानी निष्ठा र अडानका लौहपुरुष अभिभावक मोतिकुमार श्रेष्ठलाइ गुमाएको छ ।
नेपाली काँग्रेस तनहुँको संगठनका हरेक चरणमा आफूले पेशा गरेर आर्थिक सहायता दिएर र आफै सहभागि भएर पनि नेपाली काँग्रेस तनहुँको संगठनलाई जिवन्त राख्ने नेता मोतिकुमार श्रेष्ठको बैशाख २ गते निधन भएको छ । नेपाली काँग्रेसका राजनीतिक अभिभावक मोतिकुमार श्रेष्ठका निधनप्रति विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताले स्व. मोतिकुमार श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली काँग्रेसको आव्हानमा भएका हरेक आन्दोलनमा सहभागि मोतिकुमार श्रेष्ठको राजनीतिक योगदानको चर्चा गर्दै पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो फेसबुक स्टाटसमा लेख्छन्– ‘सिद्धान्त प्रति निस्टावान, ००७ सालको क्रान्ती, २०१७ साल पछिका प्रतेक आन्दोलन , २०३६ सलको जनमत संग्रह, ०४२ सालको सत्याग्रह र २०४६ र ६२ /०६३ सालको जन आन्दोलनमा उहाको सकृय सहभागीता नेपालको राजनैतिक इतिहासमा अविस्मरणीय रहेको छ’ ‘आफ्ना पिताको अन्तिम अवस्थामा पिताले छोडेर नजान आग्रह गर्दा पनि परिवार भन्दा सैद्धान्तिक निष्ठा ठूलो मानेर २०४२ सालको सत्याग्रहमा गिरफ्तारी दिएको कुरा नेता गोविन्दराज जोशीको स्टाटसमा लेखिएको छ ।

Related posts

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

admin

पण्डितलाई थप जिम्मेवारी

admin

न्यायाधीश–बार अन्तरक्रिया

Deepak Joshi