20.2 C
Damauli
October 25, 2026
Tanahun Awaj
समाचार

विद्यार्थीको गालामा तातो पन्यो

भिमाद/विद्यार्थीले गल्ति ग¥यो भनेर तातो पन्योले गालामा डामेर रातै बनाएको घटना सुन्दै जोक, ठट्टा जस्तो लाग्दछ । तर यो यथार्थ घटना हो । प्रहरीले कसूरदारलाई कारवाही चलाई अदालतबाट म्याद समेत थमाइ सकेको विषय हो ।

भिमाद स्थित प्रभात एकेडमी बोर्डिङ्ग स्कूलकी एक शिक्षकले कक्षा चारमा पढ्ने प्रमिस परियारको गालामा तातो पन्योले डामेर सजाय दिएको कसूर अब अदालतबाट न्याय निरुपण हुनुपर्ने मुद्धा बनेको छ । मुद्धा के लगाइएको छ भन्ने खुल्न नसकेपनि पाँच दिनको म्याद थमाएको कुरा समाचार स्रोतहरुले उल्लेख गरेका छन् ।
प्रमिस परियार सहित अन्य चार जना विद्यार्थीको गालामा शिक्षिका शुष्मा श्रेष्ठले सामान्य कसुरमा तातो पन्योले डामेर सजाय दिएको खुलेको छ ।

Related posts

तनहुँमा पनि मनाईयो छठ

admin

चौतीस पत्रकारको स्वास्थ्य बीमा

admin

बालश्रममुक्त मुक्त गर्न क्षमता वृद्धि

admin