24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

लायन्स भानुभक्तको गजल साँझ

दमौली/लायन्स क्लब अफ तनहुँ भानुभक्तले लायन्स गजल साँझको आयोजना गर्न लागेको सचिव महेन्द्र गिरीले बताए ।
विपन्न बालबालिकाको सहयोगार्थ भन्दै लायन्स क्लब अफ तनहुँ भानुभक्तले भोलि शुक्रबार दमौली सभाहलमा जगल साँझ गर्न लागेको क्लबका अध्यक्ष हर्षमान श्रेष्ठले जनाए ।
गजल साँझमा प्रसिद्ध गजलकार प्रदिप रोदन, राज सिग्देल, नवराज थापा लगायत अन्य स्थानिय जगलकारहरुको प्रस्तुति रहने उपाध्यक्ष बलभद्र श्रेष्ठले तनहुँ आवाजलाई बताए ।

गजल साँझको टिकट शुल्क एक हजार रुपैया र पाँच सय रुपैया रहेको छ भने टिकट सुमन पुस्तक पसल गणेशमान चोक, कालिका फोटो एण्ड आर्ट कन्सर्न श्रीटोल, एच.एस स्टोर्स भोर्लेटार चोक, पाण्डे चस्मा घर डाँग्रेखोल्सी र बेदव्यास पुजा भण्डार न्युरोड दमौलीमा उपलब्ध हुने आयोजकले जनाएको छ ।

Related posts

पल शाहलाई सफाइ

admin

जोशीको अभियानले गर्माएको तनहुँको राजनीति

admin

प्रथम मुखपत्र विमोचन

admin