पर्यटन विकासलाई दीर्घजीवि बनाउन के गर्न सकिन्छ भन्ने विषयमा आएको नयाँ अवधारणा हो, पर्यटन र हरित लगानी । सन् २०२४ को विश्व पर्यटन दिवसको नारा पनि यही रहेको छ । यस वर्ष विश्वव पर्यटन दिवसको कार्यक्रम साउदी अरेवियाले आयोजना गर्ने भएको छ । भोली शुक्रबार अर्थात सेप्टेम्बर २७ मा विश्वव्यापी रुपमा मनाईँदैछ ।
ल्याटिन भाषाको त्यचलगक बाट बनेको अंग्रेजी त्यगचष्कm र नेपालीमा पर्यटनको अर्थ एउटै हो । पर्यटनको सुरुवात कहिले भयो भनेर भन्न सिकने अवस्था ठ्याक्कै छैन । पाण्डबहरु द्वापर युगमा १४ वर्ष वनवास तथा गुप्तवास र त्रेतायुगमा राम पनि वनवास गएको कथा हामीले पढेका छौं अनि पूर्विय सभ्यतामा ऋषिमुनीहरु ज्ञानको खोजीमा विभिन्न ठाउँ घुम्ने र ती ठाउँहरुमा तपस्या गर्ने गरेका हामीले पढेका छौं । आजभन्दा २६ सय वर्ष अगाडि गौतम बुद्ध ज्ञानको खोजीमा लुम्बिनीबाट विभिन्न स्थान हुँदै बोधगया र ज्ञान प्राप्तीपछि त्यसको प्रसारमा सारनाथ र अन्त्यमा कुशीनगरसम्म पुगेको हामीले पढे÷सुनेका छौं । यद्यपि पर्यटन अर्थात त्यगचष्कm शब्दले कुनै ठाउँको यात्रा गर्ने अर्थ लिएर प्रयुक्त हुन थालेको भने १६४३ बाट मात्र हो ।
एकछिन् पर्यटक र पर्यटनको कुरा गरौं अनि यसका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मीक लगाएत विभिन्न विषयमा यसले पार्ने प्रभाव बारे चर्चा गर्नेछु । पर्यटनका नकारात्मक प्रभावहरुबारे चर्चा गर्न छुटाउनु हुँदैन, जुन हामीले देख्दै÷भोग्दै आएका छौं । पर्यटक त्यो व्यक्ति हो, जो आफु सधैं वसिरहने स्थान छोडेर आराम गर्न, आरामदायी छुट्टी विताउन, स्वास्थ्य उपचार गर्न, खेल खेल्न, अध्ययन वा व्यापार गर्न सपरिवार वा एक्लै विभिन्न स्थानमा जान्छ । अनि पर्यटन भनेको पर्यटकहरुले भ्रमण गर्ने क्रममा गर्ने गतिविधिहरु र आतिथ्य गर्ने ठाउँ वा मूलुकका निवासी तर्फबाट पर्यटकको आवश्यकता पूर्तिका लागि गरिने सम्पूर्ण प्रभावहरुको समष्टि रुप हो । पर्यटनबाट पर्यटक र स्वागतकर्ता दुबै पक्षलाई फाइदा पुग्ने मात्र नभई समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिणाम आउने भएकाले आज विश्वका सबै देशमा यसलाई उद्योगको रुपमा लिन्छन् र यसको विकासका पूर्वाधारहरु निर्माणमा लागेका छन् ।
पर्यटनको माध्यमबाट हुने सामजिक लाभको कुरा गर्दा पर्यटक र आतिथ्य देश वा समुदायले परस्परका सभ्यता, संस्कार अनि परम्परा बुझ्न र सिक्न सक्छन् । एकले अर्काको पिर, व्याथा बुझ्ने, दुःख– सुख साटासाट गर्ने र एकले अर्कालाई बुझ्ने मौका पाउँछन् । यसैले त फरक भाषा, संस्कृति, धर्म, पेशा, रहनसहन भएका व्यक्तिहरु बीच सुमधुर सम्बन्ध कायम हुन्छ । पर्यटनकै सहायताबाट हामीले आफ्ना गलत परम्पराहरु, विचारहरु, रुढी आदिलाई त्यागेर आधुनिक समाजका मूल्य मान्यताहरुलाई अपनाउन सकिन्छ ।
पर्यटनको अर्काे लाभको पक्ष हो, आर्थिक पक्ष । हाम्रो जस्तो आयातमुखी मुलुकका लागि विदेशी मुद्राको सधै खाँचो र अभाव रहन्छ । यसलाई पूरा गर्न पर्यटन सहायक बन्न सक्छ । सजिलो भाषामा भन्नु पर्दा पर्यटनको माध्यमबाट कुनै पनि मुलुकले विदेश मुद्रा आर्जन गर्न सक्छ । यसले स्वरोजगारी जस्तै टे«किङ गाइड बन्न्ने, दोभाषे बन्ने जस्ता कामले स्वरोजगार बनाउँछ भने साना तथा घरेलु र ठूला उद्योगको समेत संरक्षण र विकासमा सहयोग पुग्छ ।
पछिल्लो समयमा बढ्दो पर्यटनको आयामका कारण धेरै मानिसहरुले यसको माध्यमबाट कमाई गरिरहेका मात्र छैनन्, सुविधापूर्ण जीवन यापान गरिरहेका छन् । राष्ट्रिय अर्थतन्त्रमा राम्रै हिस्सा ओगटने उद्योग बनेको छ, पर्यटन । सांस्कृतिक रुपमा हामीले पर्यटनबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु । विश्वमा यस्ता धेरै पर्यटकहरु छन् जसलाई प्राचिन सभ्यताको विषयमा, संस्कृतिको विषयमा जान्ने भोक हुन्छ र उनीहरु संसारका कुना कुना चाहर्छन् । अनि कतिपय पर्यटकहरु आाधुनकि सभ्यताको विषयमा जानकारी बटुल्न देश देशावर चाहर्ने स्वभावका हुन्छन् । सांस्कृतिक, धार्मीक, ऐतिहासिक महत्वका वस्तुहरुको संरक्षण गरे तथा आधुनिक सभ्यताको विकास गरेर पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ र यसबाट संसारका धेरै देशहरुले राम्रो आर्जन गरिरहेका छन् । पर्यटनकै माध्यमबाट विकासित सभ्यताको प्रचार हुने त छँदैछ अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा पनि यसले सहयोग पु¥याउँछ ।
यी भए पर्यटनका सकारात्मक पक्षहरु । तर यसको अँध्यारो पाटो पनि छ । यसलाई बुझ्न र सर्तक रहन नसक्ने हो भने पर्यटनबाट लाभ होइन हानी पुग्ने सम्भावना पनि त्यक्तिकै हरन्छ । हामीले जुन जुन क्षेत्रमा पर्यटनको सकारात्मक प्रभाव पर्ने देखेका छौं सोही सोही क्षेत्रमा यसका नकारात्मक प्रभावहरु पनि रहने गरेका
छन् । पर्यटनका कारण संसारभर मौलाएको समाजिक विकृति भनेको वेश्यावृत्ति हो । थाइल्याण्ड, इण्डोनेसिया जस्ता देशहरुमा पर्यटनको विकाससंगै वेश्यावृत्ति मौलाएको तथ्याङ्कहरुले देखाएका छन् । अमेरिकामा देखापरेको एचआईभी तथा एडस् हामीसम्म आइपुग्नुको कारण यही हो ।
लागु पदार्थ र जुवाको व्यापकता, धर्म परिवर्तनको प्रयास, रहनसहनमा प्रभाव, चोरी, हत्या, लुटपाटमा वृद्धि जस्ता नकारात्मक समाजिक प्रभावहरु पर्यटनका कारण समाजमा देखिने गरेको पाईन्छ । यसका साथै संस्कृतिको व्यापारिकरण, रितीथिती र कलाको मूल्यमा ह्रास, पश्चिमा संस्कृतिको प्रभाव, पर्यावरणिय प्रभाव यसका नकारात्मक पक्षहरु हुन् ।
अन्त्यमा पर्यटनको सकारात्मक र नकारात्मक दुवै पक्ष हुँदा हुँदै पनि यसका सकारात्मक पक्षहरुले जितेको अवस्था छ । पर्यटनको विकास यो उचाइ प्राप्त गर्दा बेलायती व्यापारी थोमस कुकले सन् १८४१ मा प्रारम्भ गरेको संगठित र संस्थागत प्रयासको सम्झना गर्नु उपयुक्त हुनेछ । विश्व पर्यटन दिवसको अवसरमा प्रतिवर्ष २० लाख पर्यटक भित्र्याउने नेपालको सपना चाँडै पूर्ण होस् यही कामना ।