32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

प्रहरीको सक्रियता

फोटोः अमरराज नहर्कि

दमौली/जिल्ला प्रहरी कार्यालय तनहुँले फैसला बमोजिम जरिवाना तथा कैद तोकिएका अभियुक्तहरु आफै अदालतमा उपस्थित नभएको अवस्थामा फैसला कार्यान्वयन तथा जरिवाना असुलीमा सक्रियता बढाएको छ । सोही क्रममा इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दिपुर गाउँपालिका ६ साराङघाट बस्ने बर्ष ३० को कृष्ण बहादुर गुरुङलाई आफ्नै घरबाट पक्राउ गरिएको
छ । गुरुङ्गलाई तनहूँ जिल्ला अदालतको २०७८ चैत्र ११ गतेको फैसलाले दश हजार जरिवाना र दश महिना २८ दिन कैदको सजाय निर्धारण गरिएको थियो । तनहुँ प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको फरारी कृष्णबहादुर गुरुङ्गलाई बुधबार दिउसो तनहुँ जिल्ला अदालतमा पेश गरिएको छ । गुरुङ्गलाई बुधबार नै तनहुँ काराकार चलान गरिएको अदालत स्रोतले जानकारी दियो ।

Related posts

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

admin

मुख्य न्यायाधिवक्ताको साथमा तनहुँका कानुन व्यवसायी

admin

भैली

admin