27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

बुधबार नेप्से ३४.२९ अंकले बृद्धि

दमौली/सरकार परिवर्तन सँगै उछाल आएको सेयर बजार बुधबार ३४.२४ अंकले बढेको छ । बुधबारको बृद्धिसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।
बुधबार तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर खरिदबिक्रि भएको छ ।

Related posts

नेपाली काँग्रेस कार्यालय उद्घाटन

admin

सकिँदै गठबन्धनको औचित्य कांग्रेस–एमाले: मुख मिल्छ, मुद्दा मिल्दैन

admin

ज्येष्ठ नागरिक सेवा केन्द्र

admin