22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

फोटोः निर्मल मावि
निर्मल माध्यमिक विद्यालयबाट २०४५ सालमा एस एल सी दिएका विद्यार्थीहरूले व्यास १२ कमलबारीको सिद्देश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाकको स्वेटर प्रदान गरेको छ । गत शुक्रबार विद्यालयमा आयोजित  कार्यक्रममा ३३ जना विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष त्रिभुवन श्रेष्ठले प्रदान गरेका हुन् ।
पूर्व विद्यार्थी मञ्च निर्मल मावि नाम दिएर गठित यो समूहले  सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रम गर्दै आएको उक्त अवसरमा श्रेष्ठले बताए । कार्यक्रममा पूर्व विद्यार्थीका उपाध्यक्ष सुरेश कुमार श्रेष्ठ, सचिव निर्मल पण्डित, कोषाध्यक्ष नारायणी श्रेष्ठ, प्रदिप श्रेष्ठ, सुक तामाङ, सिद्ध चन्द, सावित्री पन्थ, गिता खत्री, बिष्णु पोखरेल, राजेन्द्र अधिकारी, बलभद्र श्रेष्ठ, कमल जिसी, विश्व वास्तोला, सूर्यमणी पौडेल लगायतको सहभागिता रहेको थियो ।
 विद्यालयका शिक्षक प्रतिनिधि छविदीप आलेले स्वागत गरेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले दाताहरुको स्वागत गरेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाले गरेका थिए । दाताहरुसंग सम्पर्क र संवाद गरेर सहयोग जुटाउने कामको अगुवाई विद्यालयका शिक्षक ज्ञानेन्द्र जीसीले गरेको विद्यालयले जनाएको छ । 
यस अघि व्यासको १०८ फुट मूर्ति निर्माण गर्न आयोजित महायज्ञमा दान गर्ने, कोरोना समयमा निःशुल्क भोजनका लागि नगद तथा स्वास्थ्य सामाग्री प्रदान गर्ने, मिर्गौला सम्बन्धी रोेग तथा प्रदान, मुटुरोग पिडीतहरुलाई आर्थिक सहयोग गर्ने जस्ता काम मञ्चले गरिसकेको छ । 

Related posts

अण्डाको समर्थन मूल्य तोकियो

admin

अस्तित्व संकटमा नेपाल रेडक्रस

admin

२०८१ माघ ३ गतेको तनहुँ आवाज साप्ताहिक

admin