Tanahun Awaj
समाचार

घिरिङमा निवृत्त शिक्षक भेला तथा सम्मान

घिरिङ/निवृत्त शिक्षक भेला एवं जेष्ठ निवृत शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल निवृत्त शिक्षक समाज घिरिङद्वारा शनिबार आयोजित कार्यक्रम नेवार समाज भवन घिरिङ मानपुरमा गरिएको थियो । निवृत शिक्षक समाज घिरिङका अध्यक्ष दलसिङ थापा को सभापतित्व र घिरिङ गा.पा. अध्यक्ष होम वहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल निवृत शिक्षक समाज तनहुँका सचिव रामजि सिग्देल, निवृत शिक्षक समाज रिसिङका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

साथै सोहि अवसरमा समाजले दुई जेष्ठ निवृत्त शिक्षकलाई सम्मान गरेको थियो । सम्मानित शिक्षकहरुमा गोप बहादुर थापा र हौडा बहादुर थापा रहेका छन् । सम्मानित शिक्षक मध्येबाट गोप बहादुर बिक सम्मानको लागि धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा चार जना निवृत्त शिक्षकलाई सम्मान गर्ने तालिका रहेपनि दुई जना स्वस्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेपछि बाकीँ दुई शिक्षकलाई मात्र सम्मान गरिएको समाजका सचिव केशवराज पोख्रेलले बताए ।
कार्यक्रममा निवृत शिक्षक समाज भिमादका सचिव अर्जुन प्रसाद गैह्रे, निवृत शिक्षकहरु जीतबहादुर थापा, बल बहादुर थापा, ध्रुब राज सिग्देल, सन्तमान श्रेष्ठ, चन्द्रज्योती मावि घिरिङका प्रअ प्रेम बहादुर थापा, कृष्ण मावि पुट्टारका प्रअ शिवभक्त सिग्देल, राष्ट्रिय मावि देउरालीका प्रअ सागर थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजका सचिव पोख्रेलले गरेका थिए । साथै आर्थिक प्रतिवेदन समाजका कोषाध्क्ष कमल चन्द्र पाख्रेलले प्रस्तुत गरेका थिए भने स्वागत समाजका उपाध्यक्ष गोविन्दराज काफ्लेले गरेका थिए ।

Related posts

जिल्ला हुलाकको पहिलो पटक बार्षिक प्रतिवेदन

admin

४४औँ बीपी स्मृति दिवसमा गोष्ठी

Deepak Joshi

माघेसंक्रान्तिमा गोरु जुधाई

admin