25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

एसइइमा तनहुँको नतिजा

दमौली/शैक्षिक सत्र २०८१/०८२ को एसइइ नतिजामा तनहूँबाट ६५.७५ प्रतिशत विद्यार्थी उर्तिण भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।
देशभरबाट आएको प्रतिशत भन्दा तनहुँको प्रतिशत ००.२३ कम देखिएको छ । देशभरबाट ६५.९८ प्रतिशतले यस बर्षको एसइइ उर्तिण गरेका छन् ।
नेपाल सरकारले आफ्नो प्रतिबद्धता अनुसार एसइइ परिक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न सफल भएको छ ।
देशभरबाट यस बर्ष पाँच लाख बाह्र हजार चार सय एक्काइस जना परिक्षार्थी एसइइमा सहभागि भएका थिए । तनहूँ जिल्लाबाट चार हजार नौ सय चालीस विद्यार्थी परीक्षामा सहभागि भएका थिए । ती मध्ये तीन हजार दुई सय अठचालीस जना विद्यार्थी उर्तिण हुन सफल भएका थिए ।

Related posts

आज विश्व शिक्षा तथा साक्षरता दिवस

admin

तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जा
सार्वजनिक संरचनामा बन्नु पर्ने र्‍याम्प बनेन
अपाङ्गता क्षेत्रका अधिकारकर्मि न्यायको शरणमा जाने

admin

सुरक्षित आप्रवासन सचेतना

admin