19.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

दमौली/विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार दमौलीमा प्रभातफेरी गरेको छ ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको प्रभातफेरी सफा सडक र न्युरोड हुँदै पुनः अनसन चौतारीमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले बोलका थिए ।
कार्यक्रममा महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायत पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Related posts

वेपत्ताको स्थिति सार्वजनिक गर्न माग

admin

कुललिङ पिरियडमा गुमेको शाख

admin

करापुटार धाम

Deepak Joshi