Tanahun Awaj
समाचार

व्यासको जनमुखी कदम

दमौली/व्यास नगरपालिकाले गाउँ गाउँमा पुगेर नगरपालिकाबाट प्रदान गरिने सेवा प्रदान गर्न थालेको छ । अब एक बर्षको कार्यकाल बाँकी रहँदा व्यास नगरपालिकाले घुम्ती सेवा सञ्चालन गरेर नगरवासीलाई प्रत्यक्ष स्थानीय सरकारको सेवाको अनुभूति दिने कार्यारम्भ गरेको छ । मंगलबार व्यास नगर पालिकाको टोलीले केशबटार पुगेर सो क्षेत्रका नगरवासीलाई सेवा प्रदान गरेको हो ।
नेपाल सरकारले पास पोर्ट र सवारी चालक अनुमति पत्र घर घरमा पु¥याउने उद्घोष ग¥यो । यता व्यासनगर सरकारले पनि जनताको सेवा वडातहमा नै पुगेर प्रदान गर्न थालेपछि नगर वासीले स्थानीय सरकारको सुलभ लाभ लिन पाएको अनुभूति मतदातामा हुनथालेको पाइएको छ ।

Related posts

आफ्ना योजना सुनाउँदै घरदैलोमा ढकाल

Deepak Joshi

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

admin

अधिकारीको निधन

Deepak Joshi