Tanahun Awaj
समाचार

सकियो जोशीको चुनावी प्रचार अभियान

दमौली/कैंची चुनाव चिन्ह लिए तनहुँ–१ को निर्वाचन मैदानमा रहेका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफ्नो चुनवी प्रचार अभियान सम्पन्न गरेका छन् ।

जोशीले मंगलबार व्यास नपा र भानु नपाका विभिन्न स्थानमा कोणसभा गरेर आफ्नो अभियान सम्पन्न गरेका हुन् ।
कोण सभामा जोशीले रित्तिएका गाउँलाई फेरि हराभरा बनाउने र बन्द भएका स्कूलहरूलाई पुनर्जीवित गर्ने विषयमा आफ्नो योजनाबारे जनता सामु प्रतिवद्धता व्यक्त गरेका थिए । जोशीले सबैले पहिला आफ्नो जन्मेको गाउँ र आफूले पढेको स्कूल जोगाउनु पर्ने कुरामा जोड दिँदै त्यसपछि मात्र गणतन्त्र र अन्य राज्यका संरचनाहरूलाई बचाउने विषयमा सोच्नु पर्ने बताए ।
“मैले आफ्नो योग्यता अनुसारको काम पाएको भए, सायद राजनीतिमा आउने निर्णय गर्दिनँथें”, उनले भने, “सक्षम हुँदाहुँदै पनि विभिन्न कारणले अवसरबाट वञ्चित हुनुपरेको अनुभवले नै मलाई यो बाटो रोज्न बाध्य बनायो ।”
जोशीले हाम्रो शास्त्रले पनि भन्छ—झूटो बोल्नु हुँदैन, र प्रलोभन देखाउनु हुँदैन भनेको सम्झँदै राजनीतिमा सत्य, यथार्थ र इमान्दार प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।
जोशीले आगामी दिनहरूमा समुदायको विकास, शिक्षा र स्थानीय पूर्वाधार सुधारका लागि आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउँदै जान प्रतिबद्धता जनाएका छन् ।

Related posts

भगवती मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन

admin

एसईई–२०८१ मा तनहुँ: देवघाटको नतिजा अब्बल घिरिङको सुधारोन्मुख

admin

शिवकालिकाको साधारण सभा

admin