Tanahun Awaj
समाचार

समानुपातिक बन्दसूचिबाट हट्यो ७६ को नाम

दमौली/निर्वाचन आयोगले विभिन्न दल र एकल चुनाव चिन्ह भएका गरी ७६ जनाको नाम समानुपातिक बन्दसूचिबाट हटाएको छ ।
अयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ मा उम्मेदवारको बन्दसूचिमा समावेश भएका ७६ व्यक्तिहरुको नाम बन्दसूचिबाट हटाएको जनाएको हो ।

बन्दसूचिबाट नाम हटाइएका उम्मेदवारहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगाएत एकल चुनाव चिन्ह भएका समेत छन् ।
समानुपातिक तर्फबाट सांसद हुन २५ वर्ष पूरा गरेको हुनु पर्ने कानूनी व्यवस्था छ । समानुपातिकको बन्दसूचिमा नाम समावेश भएका तर २५ वर्ष पूरा नभएका पुजाकुमारी चौधरी, प्रियंका शर्मा , अस्मीतामाया जिम्बा र मुना प्रधानको नाम बन्दसूचिबाट हटेको छ । नेपाली जनता दलकी किरण देवीको नाम मतदाता नामावलीमा नै नभेटिएप्छि बन्दसूचिबाट हटाइएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्य समानुपातिक तर्फको बन्दसूचिमा नाम कायम रहेकोले हालको बन्दसूचिमा नाम समावेश भएका २६ जनाको नाम हटाइएको छ भने निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका कारण १२ जनाको नाम सूचिबाट हटाइएको जनाइएको छ ।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचिमा रहेका २१ जनाको नाम हटाइएको छ । यसैगरी पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने भनि सूचिमा समावेश भएका तर मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका दुइ जनाको नाम हटाइएको छ ।
महिलाको नाम सिफारिस हुनु पर्नेमा पुरुषको नाम राखिएका कारण नेपाल मजदुर किसान पार्टीका सुनर मुखिया दिन तथा नाम हटाउन भनि सम्बन्धित राजनैतिक दलबाट लेखि आएकोले ११ जना उम्मेदवारको नाम सूचिबाट हटाइएको छ ।

Related posts

२८औं बर्षमा प्रवेश- विशेष सम्पादकीय

admin

देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

Deepak Joshi

पितृमुक्तिका लागि विराट ज्ञान महायज्ञ

admin