17.5 C
Damauli
October 24, 2026
Tanahun Awaj
समाचार

प्रेस युनियन तनहुँका अध्यक्षको निधन

दमौली/नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाको निधन भएको छ ।
मंगलबार अपरान्ह १२ आफ्नै घरमा कफि पिउँदै गर्दा अकास्मत वेहोस भएका मियालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याएको नेपाल पत्रकार महासंघ तनहुँका सभापति धनपति अधिकारीले बताए । मणिपाल शिक्षण अस्पतालले घरमा लैजान सल्लाह दिएपछि अक्सिजनको व्यवस्था गरेर पोखराबाट बुधबार दमौली घरमा ल्याएछि घरमै उनको निधन भएको थियो ।

तनहुँको सञ्चारक्षेत्रमा फोटो पत्रकारका रुपमा उदाएका मिया फोटो पत्रकार महासंघको अध्यक्ष हुँदै नेपाल पत्रकार महासंघ तनहुँ शाखाको सभापति पदका प्रत्यासि भै उपविजेता समेत भएका थिए । मियाले हाल प्रेस युनियन तनहुँका अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका थिए ।

Related posts

मनपाङमा घुम्ती बैठक सम्पन्न

admin

राष्ट्रियसभा उम्मेदवार मनोनयन: कांग्रेस, एमाले र मधेसी दलको गठबन्धन

Deepak Joshi

सकियो एमाले अगुवा कार्यकर्ता भेला

Deepak Joshi