Tanahun Awaj
समाचार

वीपीवाद जगाउन उम्मेदवारी

दमौली/नेपाली काँग्रेसको मौलिक पहिचान वीपी वादप्रतिको अडान देखाउँदै दीपक राज जोशीले तनहुँको क्षेत्र नं. १ मा आफ्नो उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसका स्वाभिमानी वीपीवादका अनुयायीहरुको भेला दमौलीमा गराएर भेलाको निर्देशन बमोजिम माघ ६ गते संसदीय निर्वाचन क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दिएका छन् ।
जोशीले आफ्नो उम्मेदवारी नेपाली काँग्रेसले वीपी वाद छोड्न सक्दैन, वीपी वादलाइ छोडेर नेपाली काँग्रेस सिद्धान्तहिन सत्ताकेन्द्रित गठबन्धनको राजनीति गरेको कारण नेपाली काँग्रेस संगसगै देश कमजोर भएको मुद्धा जनता समक्ष पु¥याउन, जनताको विश्वास जितेर संसदमा गएर यो आवाज उठाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

Related posts

राम्जाकोटको राष्ट्रिय कोदो दिवस

admin

आज विश्व शिक्षा तथा साक्षरता दिवस

admin

सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा

Deepak Joshi