Tanahun Awaj
समाचार

छैटौ आदिवासी जनजाति महोत्सव

दमौली/भाषा लिपि धर्म सभ्यताको जगेर्ना र हस्तान्तरणमा ऐक्यबद्धता, खुल्ला जीवन्त साँस्कृतिक सङ्ग्रहालय निर्माण पर्यटन विकासमा प्रतिद्धता भन्ने नारा दिएर दमौलीमा छैटौ आदिवासी जनजाति महोत्सव गर्न लागिएको छ । पुस २४ गतेदेखि माघ ५ गतेसम्म रहने बताइएको यो महोत्सवमा जनजातिका साँस्कृतिक झाँकीहरुका अलवा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु सहितको साँगितिक गुञ्जनले दमौली बजार रोमाञ्चक बन्ने विश्वास आयोजकले लिएको छ । यो महोत्सवको विशेष आकर्षण भनेर लण्डन ब्रीज, आइफिल टावर, युनिभर्सल हुने आयोजकले बताएको छ ।
नेपाल आदिवासी जनजति महासंघ जिल्ला समन्वय परिषद तनहुँको अयोाजनामा सञ्चालन हुन लागेको महोत्वको व्यवस्था भने एभरेष्ट इन्भेष्टमेन्ट म्यानेजमेण्ट प्रा.लि. चितवन रहेको छ । यो महोत्सवको स्थान भने बी पी वनबाटिकाबाट सरेर दमौली खुल्ला मञ्चमा सरेको छ ।

Related posts

शैक्षिक गुणस्तर अभिवृद्धिमा व्यासको चासो: शिक्षा दिवसमा विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

admin

गण्डकी सरकारको बजेट: पछ्याउँदै परम्परा, लोक रिझ्याइँको निरन्तरता

admin

निजी क्षेत्रको सहकार्यमा विकासः भट्टराई

Deepak Joshi