23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

प्रजातन्त्र सेनानीको निधन

दमौली/तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं. ५ निवासी ९२ बर्षिय प्रजातन्त्र सेनानी विष्णुप्रसाद वाग्ले बुधवार निधन भएको छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनको हरेक मोर्चामा विभिन्न भूमिकामा रहेर आफ्नो ज्यूज्यानलाइ दाउमा राखेर निरंकुशताका विरुद्धमा लाग्ने निर्भिक सिपाहीको भूमिका निर्वाह गर्नुभएको थियो ।

भूमिगत रुपमा सक्रिय प्रजातन्त्र सेनानी वाग्लेले २००७ सालदेखि २०४६ सालसम्म निन्तर प्रजातन्त्रवादी मोर्चा क्रियाशिलता देखाउनु भएको छोरा नवराज वाग्लेले बताउनु भयो ।
तनहुँका लौहपुरुष गोबर्धन शर्माका सममालिन स्वर्गीय वाग्लेको बुधबार दमौलीस्थित सेती र मादी नदीको संगमस्थल दमौली घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, जिल्ला सभापति जीतप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, र प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदार लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Related posts

ओमिक्रोनको औसत संक्रमण दर ५ प्रतिशत

admin

विवादास्पद निर्णयबाट पछि हट्यो व्यास

admin

निलम्वित प्रधानन्यायाधीश विरुद्ध महाभियोग पारित होला ? हुन नसक्दा न्यायालयको छवि विगार्ने संसद कि न्यायाधीश ?

admin