23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

दमौली/नेपाल पत्रकार महासंघ तनहूँ शाखाले बन्दिपुरको सिद्ध गुफामा आफ्नो नियमित बैठक सञ्चालन गर्नुपूर्व बन्दिपुर गाउँपालिकाको व्यवस्थापनमा अन्तरक्रिया गरेर पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याएको छ ।

अन्तरक्रियामा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको महशुस भएको बताउनुभयो । सिद्धगुफाको प्रचारप्रसार राष्ट्रिय स्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रबद्र्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रष्ट्याउनु भयो ।
बजेट अनुसार गरिने भौतिक परिवर्तनलाई सञ्चारकर्मीले कलम चलाएर देशविदेशमा प्रचार गरिदिंदा देशका महत्वपूर्ण ठाउँमध्ये सिद्धगुफा एकपटक पुग्नैपर्ने ठाउँ भनेर चिनाउन सकिने विश्वास अध्यक्ष थापाको थियो । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर पर्यटकीय आकर्षणलाई उजिल्याउने सीप पत्रकारहरुमा रहेको चर्चा गर्दै बन्दिपुरलाई पर्यटकीय नगरीको रुपमा प्रचार गर्न पत्रकारहरुलाई प्रोत्साहित गर्नुभयो ।

बन्दीपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष परमेश्वर भट्टराई, वडा नं. २ का वडाध्यक्ष तिलकबहादुर कुंवर र वडा नं. ४ का वडासदस्य भिम घलेले पालिकाभित्रका सबै पर्यटकीय स्थलको प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, शाखाका उपाध्यक्ष प्रताप राना, सचिव कृष्ण न्यौपाने लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्धेश्यसहित शाखाको मंगलबार गुफा भित्र बसेको बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्यबाट प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।
शाखाले यसअघि व्यास नगरपालिका–३ व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङ र जलविहारका क्रममा समेत घुम्ती बैठक सम्पन्न गरिसकेको छ ।

Related posts

व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु

admin

दिर्ग–लोक स्मृतिको १५ औं श्रृङ्खला

admin

एक वर्ष पछि केन्द्रीय समिति बैठक
कांग्रेस, सच्चिएला कि सक्किएला ?

admin