22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

प्रसाइ पक्राउले उब्जाएको कानुनी प्रश्न

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
दुर्गा प्रसाई सार्वजनिक सरोकारको विषयलाई खरो रुपमा उठाउने एक नागरिक हुन् । शैली खरो, झर्रो, रुखो, अशिष्ट आदि आदि टिप्पणी गरेतापनि उनको आवाजमा नागरिक आवाज प्रतिविम्वित भएको तथ्य सास्वत सत्य हो । देश र जनताको पक्षमा काम गर्नेहरु धेरै मारिएका छन् । धेरैलाई असफल तुल्याइएको छ । धेरैलाई मुद्धा लगाएर ओझेल पारिएको छ । शुशिला कार्की नेतृत्वको सरकार गठन गर्ने हुने पृष्ठभूमि तयार गर्ने मध्येका दुर्गा प्रसाईलाई देशमा योजनाबद्ध रुपमा अराजकता मच्चाउन खोजेको आरोपमा मंसिर २ गते आधारातमा भक्तपुरस्थित घरबाट पक्राउ गरेर अदालतबाट म्याद थपाएर यही सरकारले थुनामा राखेको छ ।
उठेका सवालः
राष्ट्रिय अखण्डताका विरुद्धमा अभिव्यक्ति दिंदै हिड्ने सिके राउतलाई सरकारले पक्राउ गरेको छैन । नेपालको सीमानाका बारेमा आवाज उठाउने, नेपालको आन्तरिका मामिलामा हस्तक्षेप गर्ने शक्ति केन्द्रका रहस्यमयी घटनाहरु सार्वजनिक गरिदिने दुर्गा प्रसाइलाइ निजको मौलिक अधिकार, नागरिक अधिकार, गोपनियताको अधिकार माथि नै हस्तक्षेप गरेर पक्राउ गरेको चर्चा आमनागरिक, संविधानविदहरुले उठाइ रहेका छन् ।
कानुनविद्को तर्कः
संविधानविद् डा. भिमार्जुन आचार्यले भनेका छन्– ‘अभिव्यक्ति स्वतन्त्रताको सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ । तर रातको समयमा परिवारसंग रहेको व्यक्तिलाइ गिरफ्तार गर्नु नागरिक शासनको निकै ठूलो धब्बा हो । यस्तो हर्कत गर्न सरकारलाइ के ले बाद्य बनायो ?’ त्यसै गरी अर्का कानुनविद् स्वागत नेपालले दवावमा परेर सत्ता टिकाउनका लागि दुर्गा प्रसाइलाइ पक्राउ गरेको आरोप लगाएका छन् ।
संविधानप्रदत्त मौलिक अधिकारः
प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयत्तिक स्वतन्त्रता अपहरण गरिने छैन । प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुनेछ । कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनियता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ । नेपालको संविधानले व्यक्तिका ३२ वटा मौलिक हकको व्यवस्था गरेको छ भने कर्तब्यको पनि व्यवस्था गरेको छ । दुर्गा प्रसाईलाई नेपालको राष्ट्रियता, सार्वभौमिकता, र अखण्डताको विरुद्धमा बोल्यो, अभियान चलायो भनेर राज्यले आरोप लगायो भने हरेक सचेत नेपाली नागरिकको अन्तरआत्माले पत्याउनै सक्दैन । आज्ञाकारी हुनुपरेको सत्ताधारीहरुको आत्माले पनि पत्याएको छैन ।
आजको आवश्यकताः
२०८२ सालको फागुन २१ गते चुनाव गराउनकै लागि गठन भएको वर्तमान शुशिला कार्कीको नेतृत्वको सकारले चुनाव गराउन सक्ने वातावरण बनिरहेको छैन । दुर्गा प्रसाई पक्राउ प्रकरण र बारा सिमरामा देखिएको बुधबारको दृष्यले चुनावी वातावरण विथोलि रहेको छ । चुनावी वातारण विथोलिने अवस्थामा मुलुकलाइ अब राष्ट्रिय मेलमिलाप तथा एकताको खाँचो परेको छ ।
निष्कर्षः
मुलुक बचाउन सचेत नागरिकको एउटै आवाज बनाउँ । हस्तक्षेपलाइ परास्त गर्न, जलेको देश बनाउन, राष्ट्रिय एकताको संकल्प अबको निष्कर्ष हो ।

Related posts

रेडक्रसको गरिमा बचाऔं-सम्पादकीय

admin

धर्माे रक्षति रक्षितः

Deepak Joshi

आठ हजारका राजा १२ हजारका बानियाँ

admin