20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

मिले माओवादी, समाजवादी लगाएतका आठ दल

पुष्पकमल दाहाल संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तथा माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) लागएतका आठ दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन् ।
कार्तिक १६ गते आइतबार १८ बुँदै पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका आठ दलले बुधबार एकताको औपचारिक घोषणा गरेका हुन् । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा माओवादी केन्द्रका संयाजक पुष्पकमल दाहाल तथा सहसंयोजकमा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल रहने भएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवको प्रस्तावमा दाहाल र नेपाल क्रमषः संयोजक र सहसंयोजक चयन भएका हुन् ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद रहने छ भने आगामी ६ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीहरुका साविकका केन्द्रीय समितिहरुलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गर्ने सहमति नेताहरुले निर्वाचन चिन्ह भने पाँच कुने तारा रहने उल्लेख गरेका छन्
एकता प्रक्रियामा गएका दलहरुमा माओवादी केन्द्र, नेकपा एस लगाएत महेन्द्रराय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी नेपाल, राजु कार्की अध्यक्ष रहेको नेकपा ( समाजवादी), चिरन पुन महासचिव रहेको नेकपा, कर्णजित बुढाथोकी अध्यक्ष रहेको नेकपा(माओवादी समाजवादी) र प्रेमबहादुर सिंह अध्यक्ष रहेको नेकपा(साम्यवादी) रहेका छन् ।

Related posts

युद्ध अपराधीको अभियोगमा सुनवाई

admin

प्रश्न हराउँदै गएको पत्रकारिता

admin

भदौरे घाम, साझेदारी काम

admin