24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

आज भाइटीका

दमौली/आज तिहारको अन्तिम दिन भाइटीका । कार्तिक शुक्ल द्वितीय तिथिका दिन आज भाइटीकाको उत्तम साइत बिहान ११ः३९ मा रहेको छ ।
आजको दिन दिदीबहिनीले दाजुभाइलाई मिठो मिठो परिकार बनाएर खुवाउने, एक अर्काको लामो आयुको प्रार्थना गर्ने, विभिन्न प्रकारका खेल खेलेर मनोरञ्जन गर्ने, उपहार आदान प्रदान गर्ने आदिको प्रचलन रहेको छ ।
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशा तर्फ फर्कने भन्ने विषयलाई खुब चासोका साथ लिने गरिन्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँतिर पार्नु पर्छ भने लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्ने
छ ।
हरेक शुभकार्यमा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

Related posts

भैली

admin

स्थानीय निर्वाचन सम्बन्धी कांग्रेसको अभियान: घर–घर जाऔं, कांग्रेस जिताऔं

admin

सर्‍यो वडा नं ३ कार्यालय

admin