28.7 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

स्तम्भकारको निधन

दमौली/तनहुँ आवाज साप्ताहिकको ‘चौतारीमा एकैछिन’ स्तम्भमा २०६० सम्म नियमति कलम चलाउने स्तम्भकार यमप्रसाद सापकोटाको ५७ बर्षको अल्पायुमा असामयिक निधन भएको छ ।
घरमा विरामी परी उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पतालमा पु¥याएका सापकोटाको असोज २१ गते दुःखद निधन भएको थियो ।

सापकोटाले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने लगनशिल स्वभाव र क्षमताको धनी थिए । व्यास–१० कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकका रुपमा जिम्मेवारी पाएपछि सापकोटाको लेखन यात्रामा पूर्ण विराम लागेको
थियो । सापकोटाले नेपाल रेडक्रस सोसाईटी, ब्राह्मण समाज समेतका सामाजिक संस्थाहरुमा क्रियाशिल भै सामाजिक पहिचान बनाएका थिए ।

Related posts

तनहुँमा पनि मनाईयो छठ

admin

हाफ म्याराथनको उपाधि गुरुङलाई

Deepak Joshi

माथिल्लो सदनको बदलियो शक्ति सन्तुलन

Deepak Joshi