19.8 C
Damauli
October 16, 2026
Tanahun Awaj
समाचार

कारागार र वार बीच अन्तरसम्वाद

दमौली/कारागार कार्यालय र तनहुँ बार बीच बुधवार अन्तरसम्वाद भएको छ ।
विशेष गरी भाद्र २४ गतेको आगलागिमा परि नष्ट भएका कागज प्रमाणको पुनः अभिलेखिकरणमा सहयोग गर्न र फरार रहेका आफूसंग सम्बद्ध पक्षहरूलाइ कारागार उपस्थित भएर कानुनी प्रकृयामा सहयोग गर्न सहजीकरण गरिदिन अनुरोध गर्ने उद्देश्यले तनहुँ बारसंग अन्तरसंवाद राखिएको कारागार प्रमुख टेक प्रसाद भट्टराईले बताउनु भयो ।

सो अवसरमा प्रमुख भट्टराइले बारले निःशुल्क सहयोग गर्न सक्ने भए लिगल क्लिनिक सञ्चालन गर्न विभाग संग समन्वय गर्ने प्रस्ताव बारसंग राखेका थिए ।
प्रमुख भट्टराइले तनहुँ कारागारमा रहेका तीन सय सत्ताइस कैदी बन्दी मध्य एक जना २४ गते नै सफाइ पाएर थुना मुक्त भएको । बाँकी सबै साँझ जेन जी आन्दोलनका क्रममा बाहिरिएका थिए । सरकारले दिएको ग्रेससमय असोज २० गतेभित्र आउनेलाइ फरार सूचिमा नराखिएको, त्यसपछि आउने फरार सूचिमा पर्ने बताइएको छ ।
दुइसय तीसजना फिर्ता आइसकेको, ११ जना अन्य कारागारको सम्पर्कमा आएको कार्यालयले जनाएको छ । ८५ जना अहिलेसम्म फरार रहेका छन् ।

Related posts

काँग्रेस नेतृत्वसंग अबको सर्त कारवाही फुकुवा होइन, सिट बाँडफाँड

admin

आज हुन गईरहेको संसदीय सुनवाईले जगाएको आशा
न्याय क्षेत्रको रिक्तता पूर्तिले जगाएको न्यायीक गतिशिलता

admin

राधा माविलाई लगातार तेस्रो उपाधि

admin