30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

विहिबारबाट नागरिकता प्रदान हुने

दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले आज विहिबारबाट नागरिकता र राष्ट्रिय परिचय पत्रको सेवा सुचारु गर्ने प्रयासमा जुटेको जनाइएको छ । जनजाती सिफारिस जस्ता कामहरु मंगलबारबाटै शुरु गरेको जनाएको जिल्ला प्रशासनले विहिबारबाट भने नागरिकता र नागरिकताको प्रतिलिपिको सेवा प्रदान गर्ने जनाएको छ । साथै आमनागरिकलाई दुःख नहोस् भनेर सम्पर्क नं. समेत उपलब्ध गराएर बुझेर आउन पनि जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । अनलाईन प्रणालीमा गएको राहदानीको सेवा भने सूचारु गर्न कठिन भएको जानकारी गराउँदै विभागको सम्पर्क नं. ०१५९७०३३० मा सम्पर्क गरेर जानकारी लिन अनुरोध गरेको छ । साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको ०१४२०००१४, ०१४२११५६३ र ९८५१३५७३६२ मा सम्पर्क गरेर राष्ट्रिय परिचय पत्र समेतका कामका लागि जानकारी लिन अनुरोध गरेको छ । २०८२ सालको भाद्र महिनाको २४ गतेको विध्वंसात्मक आगजनिबाट सबै प्रविधि र भौतिक पूर्वाधारहरु जलेर नस्ट गराइएपछि देशले दिनुपर्ने सेवा सबै अवरुद्ध भएका थिए ।

Related posts

जिसस मार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

Deepak Joshi

स्थानीय निर्वाचन–२०७९ नतिजा बदलिँदै तनहुँको शक्ति समिकरण

admin

गल्बुवेसीमा एसईई ग्रेडेडेलाई सम्मान

admin