18.2 C
Damauli
October 18, 2026
Tanahun Awaj
समाचार

महासंघको भ्रत्सना

दमौली/नेपाल पत्रकार महासंघले पत्रकार माथि भएको आक्रमणको भत्र्सना गरेको छ । महासंघले असोज एक गते एक विज्ञप्ति प्रकाशित गरी सो भ्रत्सना गरेको हो ।
कोल्हवी डटकमका सम्पादक अशेष ढुङ्गाना माथि भाद्र २४ गते बाराको कोल्हवीमा भएको प्रदर्शनको समाचार संकलन गएका ढुंगानालाइ आन्दोलनकारीले आक्रमण गरेको महासंघको बारा शाखाले जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जनतालाई सुसूचित गर्ने कार्यमा खटिएको पत्रकारको पेशाको सम्मान गर्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।
घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसंग महासंघले माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा बुधबार हस्ताक्षरित सो विज्ञप्तिमा उल्लेछ ।

Related posts

प्रतिनिधि सभा निर्वाचन २०८२ मा तनहुँ: १४४ स्थल र ३०९ केन्द्रमा दुइलाख ५४ हजार मतदाता

Deepak Joshi

गल्बुबेसीमा बालक्लब

admin

व्यासको सार्वजनिक सुनुवाइ भोली

Deepak Joshi