Tanahun Awaj
Uncategorized

तिज विशेष- सहकारी गीत

अप्सरा भट्टराई ऋषिङ–५, तनहुँ

साझा व्यवसाय हो सहकारी भनेको
सदस्यको आर्थिक विकास गर्न बनेको
समाजिक र साँस्कृतिक विकास पनि गर्ने हो
साना साना वचत गर्ने बानी पार्ने हो


होइन हाम्रो चाहना नाफा मात्रै कमाउने
सदस्यलाई हाँसी खुसी बाँच्ने बनाउने
सदस्यको जीवनस्तर माथि माथि लानलाई
मिलिजुली काम गरौं, आउनुस दिदी भाई

समाजिक न्याय तथा आर्थिक रुपमा समान
बनौं साथी सदस्य गाह्रो नमान
सदस्यलाई आत्म निर्भर यसैले हो बनाउने
निर्णयमा उपस्थिती, समान जनाउने


हुन्छ समान अधिकार,एक सदस्य एक भोट
निगरानी राख्न सक्छौं, नहोस् कुनै खोट
आफु सक्दो लगानी यहाँ गर्न पाईन्छ
लगानीको तुलनामा नाफा खाइन्छ

साना तथा मझौला उद्योग गर्न सघाउँछ
सामुहिक भावना र सद्भाव जगाउँछ
महिलालाई यसले आत्म निर्भर बनाउँछ
न्युन आय भएकालाई धनी बनाउँछ

छोड्न चाहे छोडौंला, वस्न चाहे बस्ने हो
आर्थिक विकास गर्न अब कम्मर कस्ने हो
साना साना वचत गरी भोली गर्जाे टार्ने हो
दैनिक थोरै वचत गर्ने बानी पार्ने हो

सहुलियत ऋणलिई साना उद्यम गरौं है
सहकारी हाम्रै लागि, चेतना छरौं है
सहकारी सिद्धान्त, महत्व नि बुझ्नलाई
आत्मनिर्भर बन्न सक्छौं विविध तालिम पाई


कमाउने कसरी ? खर्च कहाँ गर्ने हो ?
सिकाउँछ ढुकुटी क्यारी भर्ने हो
उद्यम गर्न सकिन्छ सिप अनेक सिकेर
आवश्यक पैसा जुटाउँ, ऋण झिकेर

व्याजदर थोरै हुन्छ यहाँ अन्य धेरै सुविधा
ऋण झिकौं, उद्यम गरौं, त्यागौं द्विविधा
म त ऋण चाहिए यसकै भर पर्ने हो

समयमै सावाँ व्याज भुक्तान गर्ने हो
रोजगारी सिर्जना गर्दै अघि बढ्ने हो
सफलताको सगरमाथा सँगै चढ्ने हो
सबैमिली उद्यम गरे, ओठमा हाँसो पोतिने

सहकारी एउटै छाना सबै ओतिने
देशको आर्थिक विकासमा, योगदान धेरै दिएको
भविष्य उज्ज्वल बनाउने विश्वास लिएको
सहाकारी सबैको असल साथी बनेको
त्यसैले त सदस्य बनौं भनेको

Related posts

भूकम्पबाट हुने क्षति कम गर्न सचेत बनौं-सम्पादकीय

admin

विज्ञापन

admin

उमंगको पर्व दशैं

admin