23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

घरेलु मदिराले गण्डकीमा पायो वैधानिकता

दमौली/नेपालीहरुले आफैले उत्पादन गरेको जडिबुटी जन्य मर्चाको प्रयोगबाट बनाईने जाँड रक्सीलाइ गण्डकी प्रदेश सभाले वैधानिकता दिएपछि दर्ता र गुणस्तरको मापन प्रक्रिया अगाडि बढ्ने भएको छ । गण्डकी प्रदेशले बनाएको घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्ने ऐनले साठी लिटर भन्दा बढी उत्पादन गर्ने उत्पादकले अब घरेलु उत्पादन उद्योगको रुपमा दर्ता गरेर मात्रै उत्पादन गर्नुपर्ने भएको छ । नेपाली जडिबुटीको मिश्रणबाट बनाईको बनपस्पतिजन्य औषधीको मिश्रणबाट उत्पादन गरिएको विदेशी मदिराको तुलनामा बढी स्वास्थ्यबर्धक र गुणस्तरीय भएको उपभोक्ताहरुको अनुभवपछि नेपाली घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग जोडदार रुपमा उठेपछि गण्डकी प्रदेशले कानुन नै बनाएर वैधानिकता दिनुको साथै नियमनको प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको विभिन्न जातीय समुदाय र व्यक्तिले आफ्नो परम्परा, संस्कार र संस्कृतिका रूपमा घरेलु प्रयोजनका लागि ६० लिटर मात्र रक्सी र जाँड बनाउन छुट दिने व्यवस्था गरेको छ भने साठी लिटर भन्दा बढी उत्पादकले उद्योगको रुपमा दर्ता गरेर वैधानिक रुपमा उत्पादन शुरु गर्नुपर्ने व्यवस्था मिलाएको छ । घरेलु मदिराको उत्पादनलाई वैधानीकता प्रदान गरेको गण्डकी प्रदेश सरकारले अब दर्ता, उद्योग सञ्चालन गर्ने इजाजत पत्र, उद्योगलाई नविकरण र दण्ड प्रक्रियालाई कानुन बनाएर दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने दायित्व गण्डकी प्रदेश सरकारलाई थपिएको छ ।
उपभोक्ताको मन जित्न सफल घरेलु मदिरा बनाउँदा नेपालमै उत्पादन हुने कोदो, मकै, चामल, फापर, जौ, गहुँ, स्याउ, सुन्तला, ऐँसेलु, चुत्रो लगायत फलफूल र अन्न प्रयोग गर्दछन् । उद्योगका रुपमा सञ्चालन गर्ने उत्पादकले मदिराको गुणस्तर, उत्पादन मिति र प्रयोग गर्न सकिने अवधि, अधिकतम मूल्य लगायत तोक्नुपर्ने लगायत गुणस्तर कायम सके नेपाली घरेलु उत्पादनले विश्व बजारमा माग बढ्ने उपभोक्ताको विश्वास रहेको छ ।

Related posts

सुरुवातीको नौ बर्षपछि धाराबाट पानी, सबै उपभोक्ताको धारामा पानी पुग्न अझै समय लाग्ने

admin

दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म

admin

कृषिउपजको बजारीकरण गर्न माग

admin