20.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

‘प्रथम सेवा बिन्दु’ अस्पताल ?

दमौली/नजिक प्रथम सेवा बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने स्वास्थ्य मन्त्री प्रदिप पौडेलले जानकारी गराएका छन् ।
साउन १ गतेदेखि स्वास्थ्य विमा सेवा लिन तोकिएको अस्पतालको सिफारिस नचाहिने प्रथम सेवा विन्दु अस्पतालबाट लिन पाइने नीतिगत व्यवस्थाबाट पनि समस्या समाधान नभएको गुनासो आएपछि मन्त्री पौडेलले समाजिक सञ्जाल मार्फत सूचित गरेर नागरिकलाइ आस्वस्थ पार्दै समस्या सम्बोधन आफूलाई समर्पित देखाएका छन् । नागरिकको स्वास्थ्य समस्या समाधान गर्न मन्त्रीले सार्वजनिक रुपमा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डले निजी तथा सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेपछि सिर्जित समस्या सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेल लेख्छन् ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरुका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं ।’
नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भए पछि मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत समस्या समाधान गर्ने प्रयास थालेका हुन् ।
अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा बिन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दुको सुविधा उपलब्ध गराउनेछ ।
‘स्वास्थ्य बीमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तिमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सार्वजनिक रुपमा प्रतिबद्धता जाहेर गरेका छन् ।

Related posts

जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना

admin

आधारहिन अभिमानको अवसान: ढल्दै पुष्पकमल नेतृत्वको १८ महिने सरकार

admin

नेपाललाई कमजोर बनाउन चौतर्फि आक्रमण भएको छ – शेखर कोईराला

admin